<pre><b>असोज, काठमाडौं। </b></pre><p style="text-align: justify; ">संजय दत्त को अपकमिंग फिल्म 'भूमि'को फ्यानहरुमा निकैनै पखाई रहेको छ। यस्तैमा मिडियामा यस्तो खवर आएको छ जसले फ्यानहरुलाई निराश पार्न सक्नेछ्। बताइएअनुसार फिल्मको निकैनै चर्चामा आएको गीत ट्रिपी ट्रिपीमा सेन्सरले कैची चलाएको छ। सनी लियोनीको आइटम डान्स रहेको यस गीतको केही भाग मात्र अब फिल्ममा रहने भएको छ। </p><p style="text-align: justify; "> सेंसर बोर्डले यस गीतको केही अंश मात्र देखाउन पाइने बताएको छ्। यस अघि गीत त रिलिज भइसकेको छ। र दर्शकहरुले पनि जबरजस्त रेस्पोन्स दिएका थिए। तर फिल्ममा भने यो गीतको केही भाग मात्र रहनेछ्। साथै सेन्सरले फिल्ममा अन्य १२ ठाउँमा कैची लगाएको छ। बताइएअनुसार फिल्म मा प्रयोग भएको अभद्र शब्दहरु पनि हटाइएको छ। </p><p style="text-align: justify; ">यसअघि संजय दत्तले पनि सनीको डान्समा आपत्ति जनाएका थिए। उनले सनीको डान्स भल्गर भएको भन्दै गीत फिल्मको स्क्रिप्ट अनुसार नभएको बताएका थिए। एजेन्सी</p>