
<pre><b>असोज, काठमाडौं। </b></pre><p>बलिउड एक्ट्रेस श्रद्धा कपूर आफ्नो अपकमिंग फिल्म हसीना पारकरमा यतिवेला व्यस्त रहेकी छिन्। तर यसैविच उनी तथा उनको फिल्म मुश्किलमा फसेको छ्। कपडा उत्पादक एक फर्मले अभिनेत्री श्रद्धा कपूर र उनको फिल्म हसीना पारकरका निर्माता विरुद्ध धोकेवाजी तथा भरोसा तोडेको आरोप लगाउँदै आपराधिक केश दायर गरेका छन्। </p><p>बताइएअनुसार एक सम्झौताको उल्लंघन गरेका कारण उनीहरुलाई आरोप लगाइएको हो। फिल्मको प्रचार को दौरान फेशन लेबल ुएजेटीएमु को प्रचार नगरेको भन्दै श्रद्धा कपूर विरुद्ध आपराधिक शिकायत दायर गरिएको हो।</p><p>वास्तवमा फिल्मको प्रमोशनको दौरान श्रद्धा कपूरले सम्झौता अनुरुप आफ्नो पहिरनमा फेशन लेबल लगाउन पर्ने थियो जसबाट उक्त ब्राण्डको प्रमोशन हुन सक्थ्यो। तर श्रद्धाले यस्तो गरिनन्। र कंपनीले यसै सम्झौतालाई उल्लंघन गरेको भन्दै श्रद्धा र फिल्मका निर्माता विरुद्ध मुद्धा दायर गरेको हो। एजेन्सी </p>