<pre><b>असोज, काठमाडौं। </b></pre><p> दर्शकहरुमाझ प्रतिक्षित चलचित्र 'छक्का पंजा २' को गीत 'नाइलनको साडीमा' ले युट्युबमा १ करोड दर्शक कमाउन सफल भएको छ। सार्वजनिक भए पश्चात निकैनै विवादहरु खेपेको यस गीतले दर्शक तथा स्रोताहरुबाट गीतको शव्द र लय चोरी भएको आलोचना पाएको थियो। तर यस गीतले युट्युबमा भने सार्वजनिक भएको २ महिनामै १ करोड भ्युअर्स पाएको छ। गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर रहेको छ। गीतमा स्वर्गिय कान्छा मगर नेपाली र प्रिन्स नेपालीको संगीत तथा दीपकराज गिरी र प्रिन्स नेपालीको शब्द रहेको छ ।</p><p>दीपाश्री निरौलाको निर्देशनमा बनेको यस चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।चलचित्र असोज ११ बाट देशभर प्रर्दशनमा आउँदैछ्। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/aQ4_2w-0z8Y" width="640" height="360" class="note-video-clip"></iframe><br></p>