असोज,काठमाडौं।

रिवन इन्टरनेटमेन्ट प्रालिद्धारा आयोजित ‘मिसेस नेपाल इन्टरनेशनल’को अन्तिम स्पर्धा सम्पन्न भएको छ। मंगलबार राती भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मैतीदेवीकी काठमाडौकी सुरुची पाण्डेले ‘मिसेस नेपाल इन्टरनेशनल’को उपाधि जितेकी छिन्। उनले प्रतियोगितामा ३८ प्रतिस्पर्धिालाई पछि पार्दै उपाधि जितेकी हुन्।साथै उनले मोष्टट्यालेन्ट र वेष्ट क्याटवाकको उपाधि समेत जितेकी छन् । अब उनले अमेरिकामा हुने मिसेस इन्टरनेशनल २०१७ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा उनले उपाधिका साथै रमन मोर्टसको काइट प्लस स्कुटर तथा अन्य गिफ्ट प्राप्त गरेकी छिन्।

प्रतियोगीतामा रविभवनकी बैंकर्स यसोदा पोखरेल फस्ट रनर्सअप र भक्तपुरकी प्रतिज्ञा राई सेकेण्ड रनर्सअप भएका छन्। यी दुबैले क्रमश वेष्ट स्पिच र वेस्ट फिजिक उपाधि पनि जितेका छन् ।त्यस्तै सम्झना त्रिपाठी थर्ड रनर्सअपका साथमा सोसल वेलफेर एम्वेस्डर भएकी छिन् भने पुरानो वानेश्वरकी ज्योति दाहाल पनेरु फोर्थ रनर्सअप र सीता ओली मष्ट पपुलर भइन्।

बिबाहित महिलाहरु बिचको स्पर्धामा अभिनेता रमेश उप्रेती, आर्यन सिग्देल, साहित्यकार तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगकी मञ्चला झा, प्रोफेसर डा.जितेन्द्रप्रसाद उपाध्याय, बैंकर्स अनिता प्रधान र मिसेस नेपाल इन्टरनेशनल २०१५की बिजेता सविता लामिछाने निर्णायक रहेका थिए ।

प्रतियोगितामा गुञ्जना ढुङ्गागाना वेष्ट पर्सनालिटी, सुमित्रा कट्टेल वेस्ट स्कीन, जलता खनाल आचार्य वेस्ट हेयर, इशा भट्टराई व्यूटी विथ पर्पस, रिता सिंह रिमाल फेसबुक च्वाईस, अन्विसा शेर्पा मिसेस बब्ली फेस, रेनु श्रेष्ठ मर्हजन भिवर्स च्वाईस, लक्ष्मी तिमल्सीना मष्ट फोटोजेनिक, दिलमाया गुरुङ मिसेस कन्जिनियालिटी, सस्मिना राउत वेस्ट स्माइल, पुजा लामा कुँवर फेशन आईकन, सर्मिला श्रेष्ठ र उर्मिला श्रेष्ठ म्यानेजमेन्ट च्वाईस तथा सोभा शाक्य वेस्ट डिसिप्लीन भएका थिए ।