बन्ने भयो नेवारी चलचित्र ‘आँ छु यायँ’

असोज,काठमाडौं।

जिमिगु सः फिल्म प्रोडक्शनले नयाँ प्रविधिको प्रयोग गर्दै ठूलो लगानीमा नेवारी चलचित्र ‘आँ छु यायँ’निर्माण गर्ने घोषणा गरेको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माता प्रकाशलाल जोशीले चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्र ४० देखि ५० लाखको बिचमा निर्माण हुने उनले कार्यक्रममा जानकारी दिएका छन्।

पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषा चलचित्र बनाउन लागेको बताउँदै निर्माता जोशीले भने ३० बर्षको  अगाडिको नेवारी फिल्म र अहिलेको नेवारी फिल्म जस्ताको त्यस्तै भएको र परिवर्तन नभएको कारण परिवर्तनको लागि ‘आँ छु यायँ ?’ निर्माण गर्न लागेका हौं ।

चलचित्रलाई  समिर बलामीले निर्देशन गर्न लागेका हुन्। चलचित्र नेपाली र नेवारी दुवै भाषामा निर्माण हुन लागेको हो । निर्देशक बलामीले आफूले नेवारी भाषा सबै नबुझेपनि चलचित्रलाई भने न्याय गर्ने बताए ।