‘मेरो पैसा खोई’मा यौनकर्मी बनेकी वर्षा (ट्रेलर सहित)

असोज, काठमाडौं।

सौगात मल्ल र वर्षा राउतको मुख्य भुमिका रहेको चलचित्र 'मेरो पैसा खोई'को ट्रेलर सार्वजनिक भएको छ। असोज ११ बाट प्रर्दशनमा आउने तयारीमा रहेको निर्माण पक्षले प्रचारप्रसारलाई तिव्रता दिँदै ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा वर्षा एक यौनकर्मीको भुमिकामा देखिएकी छिन्। भने सौगातलाई उनको पछि लागेको देखाइएको छ। साथै ट्रेलरमा कलाकारहरुको जबरजस्त कमेडी देखाइएको छ।

रोज राणाको निर्माण र निर्देशनमा बनेको चलचित्रमा सौगात र वर्षाकासाथै  सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको  अभिनय रहेको छ । उपत्यकामा असोज ११ र मोफसलमा २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको चलचित्रमाल्ममा रुपक राना र रुपम राना सह(निर्माताको रुपमा रहेका छन् ।

कमेडी जनरामा बनेको यस चलचित्र असोज ११ बाट प्रर्दशनमा आउन लागेको छक्का पंजा २ संग भिड्ने भएको छ।