
<pre><b>असोज,काठमाडौं। </b></pre><p>गत वर्षको सर्वाधिक सफल चलचित्र 'छक्का पंजा' जस्तै यसको सिक्वेल 'छक्का पंजा २'ले पनि प्रर्दशनको छोटो समयमानै सर्वाधिक सफलता प्राप्त गरेको छ। दशैंको अवसर पारेर प्रर्दशनमा आएको चलचित्रले प्रर्दशनको एक सातामानै आठ करोडको ग्रस कलेक्सन गर्न सफल भएको छ। चलचित्रले पहिलो दिनमानै नेपालकै कलेक्शनमा किर्तिमानी राख्दै डेढ करोड माथीको कलेक्शन गरेको थियो । यस अघिको चलचित्र छक्का पंजाले एब महिनामा आठ करोड कलेश्सन गरेको थियो। </p><p>यही रफ्तारमा व्यापार भएमा ‘छक्का पञ्जा २’ ले दुई सातामै ‘छक्का पञ्जा’को व्यापारिक रेकर्ड तोड्ने आँकलन गरिएको छ । प्रदर्शनको एक सय दिन पुरा गरेको ‘छक्का पञ्जा’ले १७ करोडको ग्रस व्यापार गरेको थियो । दिपक र दिपाश्रीको निर्माण तथा दिपाश्री को निर्देशनमा बनेको चलचित्रमा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।</p>