
<pre><b>असोज, काठमाडौं।</b></pre><p>रोहित शेट्टी को अपकमिंग फिल्म गोलमाल अगेन को नयाँ गीत रिलिज भएको छ। फिल्ममा रहेको हम नहीं सुधरेगें बोलको गीत आज फिल्मका स्टार अजय देवगनले आफ्नो ट्वीटरमार्फत रिलिज गरेका हुन्। भिडियो ट्वीट गर्दै अजय ले लेखेका छन् -'अझ बढी बदमाशी गर्नको लागि आए गोपाल र उसका साथीहरु'।</p><p>रोहित शेट्टीले 'गोलमाल'को तीन भाग बनाइसकेका छन्। र यस पटकको 'गोलमाल अगेन' दिवालीमा रिलिज हुँदैछ। फिल्म मा अजय देवगन, अरशद वारसी, तब्बू, परिणीति चोपड़ा, तुषार कपूर, कुणाल खेमू, श्रेयस तलपड़े सहित प्रकाश राज , नील नितिन मुकेश र संजय मिश्राको अभिनय रहेको छ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/IwSZzuvevyc" width="640" height="360" class="note-video-clip"></iframe>एजेन्सी</p>