रेखा–आर्यनको ८ बर्ष पछिको मिलनको खास कारण यस्तो

आर्टिस्ट खबर, असोज, काठमाडौं ।

नायक आर्यन सिग्देल र नायिका रेखा थापालाई एउटै चलचित्रमा काम गराउनु सानो कुरा थिएन । ८ बर्ष अघि एकजना पुर्व र अर्को पश्चिम भएका यी दुईले अहिले एउटै चलचित्रमा काम गरेका छन् भन्दा धेरै दर्शकलाई अचम्म लागेको पनि छ । मनमुटाव पछि रेखाले न त आर्यनको कुरा सुन्न चाहान्थिन नत आर्यनले रेखाको, यी दुबैजना एकअर्कामा निकै रिसिएका थिए ।

सोमबार चलचित्र ‘रुद्रप्रिया’ को पत्रकार भेटघाट कार्यक्रममा आखिर ८ बर्ष अगाडि रेखा र आर्यनको के कारणले मनमुटाव भएको थियो भन्ने बारे पत्रकारहरुले उत्तर चाहे तर रेखा र आर्यनले भने यो पश्नको सहजै उत्तर दिएनन् । हामी बिच त्यस्तो ठुलो मनमुटाव नै थिएन भन्ने चित्त नबुझ्दो उत्तर आएपछि एकपछि अर्को प्रश्न तेर्सियो । उक्त प्रश्नको ठोस उत्तर पाउन नसकेपनि आखिर पुर्व पश्चिम भएको यो जोडीको कसरी मिलन भयो त भन्ने प्रश्नको उत्तर भने चित्त बुझ्दो मिल्यो । चलचित्र ‘रुद्रप्रिया’का निर्देशक सुदिप भूपाल सिंहले रेखा फिल्मस्मा आर्यनलाइ भित्राउन अर्थात यो जोडीको मनमुटाव हटाउन ठुलो भुमिका खेलेका छन् ।

निर्देशक सुदिपले रुद्रप्रियामा रेखालाई तपाईसँग आर्यनलाई खेलाउन चाहान्छु भन्दा रेखाले आर्यनसँग आफ्नो कुनैपनि गुनासो नभएको बताएपछि उनले आर्यनलाई चलचित्रमा ल्याउन कुरा अगाडि बढाए । चलचित्रमा आर्यन लिने कुरा भैरहँदा आर्यन भने एक कार्यक्रमको शिलशिलामा कतारमा थिए । चलचित्रका एक सदस्यले आर्यनलाई फोन लगाए र भने, ‘तपाईसँग रेखा थापा बोल्न चाहनुहुन्छ ।’ आर्यनले रेखाको नाम सुन्ने वितिक्कै फोन काटे । रेखालाई नमिठो लाग्यो । आर्यनले बेवास्ता गरेपछि निर्माण पक्षले चलचित्रमा सुदर्शन थापा र अर्पण थापालाई साइन गरायो । यस्तैमा आर्यन नेपाल आए । आर्यन नेपाल आएपछि चलचित्रका निर्माता पौडेलले रेखासँग भेट्न मिल्ने वातावरण तयार पारे र बल्ल–बल्ल उनी रेखासँग भेट्न तयार भए ।

८ बर्ष सम्म भेट  नभएको रेखा र आर्यनको भेट रमेश एमके पौडेलको अफिसमा भएको थियो । पहिलो भेटमा उनीहरुको पहिलो बोली भनेको आर्यनले रेखालाई ‘तिमी त धेरै मोटी भइछौं नि’ भनेका थिए भने लगत्तै रेखाले पनि आर्यनलाई ‘तिमी पनि त मोटे भएछौं नि’ भनेसँगै उनीहरुको बोली फुरेको थियो । निर्देशक सुदिपले बताए अनुसार जोडीलाई ’रुद्रप्रिया’मा कलात्मक तरिकाले प्रस्तुत गरेका छन् ।

चलचित्रमा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।  चलचित्रमा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायतका कलाकारहरु पनि अभिनय छ ।