<pre><b>असोज, काठमाडौं। </b></pre><p style="text-align: justify; ">दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूरको अपकमिंग फिल्म पद्मावतीको ट्रेलर रिलीज भइसकेको छ। ट्रेलर लिज भएलगतै लाखौं दर्शकहरुले यसलाई रुचाएका छन्। ट्रेलर हेरेर फिल्म निकैनै भव्य बनेको अनुमान लगाउन सकिन्छ्। फिल्ममा दीपिका पादुकोण र शाहिद कपूर को राजा रानीको भुमिका निकैनै रोचक बनेको छ । त्यो भन्दा बढी रणवीर सिंह को खलपात्रको भुमिका रहेको अलाउद्दीन खिलजीको रोललाई दर्शकहरुले अत्यधिक रुचाएका छन्। ट्रेलरलाई कम समयमानै दर्शकहरुबाट राम्रो प्रतिकृया मिलिरहेको छ। यसै प्रतिकृयालाई देखेर रणविर सिंह निकै भावुक बनेका छन्। </p><p style="text-align: justify; ">यसैविच उनले इंस्टाग्राम मा आफ्ना फ्यान तथा मित्रहरुको लागि एक चिट्ठी लेखेका छन्। उनले ट्रेलरले कम समयमानै यति धेरै साथ पाएको भन्दै सबैमा धन्यवाद दिएका छन्। उनले आफ्नो टीमको रातदिनको मेहनतको फल भएको भन्दै संजयले फिल्मका लागि निकै त्याग गरेको बताएका छन्। रणविरले संजयको निर्देशनमा काम गर्न पाउनुमा आफुलाई भाग्यशाली भएको भन्दै सबैलाई यसका लागि धन्यवाद दिन नसकेपनि दर्शकको प्रतिकृया पढेर भावुक बनेको बताएका छन्। एजेन्सी</p>





२४ आश्विन २०७४, मंगलवार ०४:५८ 










