अनुष्काको फेशन ब्राण्डलाई सुरुवातमै चोरीको आरोप

...

<pre><b>असोज, काठमाडौं।</b>&nbsp;</pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस&nbsp; अनुष्का शर्मा आफ्नो फेशन लेभलका साथमा&nbsp; दीपिका पादुकोण र सोनम कपूर जस्तै फेशन जगतमा चर्चित बन्न पुगेकी छिन्। तर फेशन लेभलमा आफ्नो नाम कमाएको १० दिनमै उनी विवादमा परेकी छिन्। अनुष्काले&nbsp; दस दिनअघि मात्रै&nbsp; बलीवुड स्टार सोनम कपूर र दीपिका पादुकोण जस्तै आफ्ना कपडाको ब्राण्ड लन्च गरेकी थिईन्। तर ब्राण्ड लन्च गरेको पहिलो दिनमै अनुष्काको 'नुश' ब्राण्डलाई डिजाइन कपि गरेको आरोप लागेको छ। बताइएअनुसार अनुष्काको नयाँ ब्रान्ड कंपनीमा चाइनीज रिटेलर बाट डिजाइन कपी गरेको आरोप लागेको छ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/0afaea864dcabc99a77a19956da38fcf1507783067.jpg" style="width: 800px;"><br></p><p style="text-align: justify; ">अनुष्काले पनि यस मामिलामा&nbsp; आफुले स्वयं कपडाको डिजाइन नगरेको तथा साइटहरुमा अन्य डिजाइन देखेर नयाँ रुपमा तयार गर्नका लागि आफ्नो दिमाख लगाएको बताएकी छिन्। एकातर्फ उनलाई डिजाइन चोरीको आरोप लागेको छ भने अर्कातर्फ उनको ब्रान्डका कपडाहरु अनलाइन विक्री हुन थालिसकेको छ। एजेन्सी</p>