असोज, काठमाडौं ।

काठमाडौंको मण्डला नाटक घरमा सफलता पूूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ पूर्वमा देखाइने भएको छ । आउँदो कार्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका विभिन्न स्थानमा मञ्चन हुने भएको हो । श्याम शाहको कथा ‘लाटीको छोरो’ लाई नाट्य रुपान्तरण गरेर तयार पारिएको यो नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरेर राम्रो प्रशंसा बटुलेका थिए ।

त्यस्तै नाटक ‘लाटीको छोरो’ बाट ४२ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फर्किएका हुन् । लामो समयपछि नाटकमा फर्किएर नयाँ पुुस्तासँग काम गर्न पाउँदा आफूलाई तन्नेरी महसुस भएको उनले बताउँदै आइरहेका छन् ।

यस नाटकलाई पूर्वको विर्तामोडमा कार्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए । त्यसपछि मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी छ । शिवसताक्षी पछि दमक तिर लाग्ने नाटक युनिटको योजना छ । अन्य स्थानका लागि पनि कुराकानी भइरहेको तर पक्काभइ नसकेको बताइएको छ ।

आर्ट स्टुुडियोको प्रस्तुतिमा तयार भएको यस नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भुमिका निर्वाह गरेकी छिन् । नाटकमा टिका पहारीले गाउँका नेताविषनाथको भुमिकानिभाएका छन् । नाटकमा प्रकाशदाहाल, सन्देश लामिछाने, कुन्दनथारु, रियर राई, पशुुपति राई, राजनकाफ्ले, सुदिप खतिवडा, रोसन सुवेदी, आयन खड्का, मिलनकार्की र मेलिन पराजुलीले अभिनय गरेका छन् ।

यो नाटक काठमाडौंमा भदौ २० गतेदेखि असोज ८ गतेसम्म मञ्चन भएको थियो । नाटकले त्यहाँ सर्वत्र प्रशंसा बटुलेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकारहरु विल्सनविक्रम राईं, गौरव पहारी, एड्रिन प्रधानलगायतले नाटक हेरिसकेपछि खुलेर प्रशंसा गरेका थिए । नाटकलाई सफर पोखरेल, जियालामा र अनिष न्यौपानेले निर्माण गरेका हुन् ।