असोज, काठमाडौं।

नायक रमेश उप्रेती तथा केकी अधिकारी स्टारर चलचित्र 'ऐश्वर्य' यतिवेला प्रर्दशनको तयारीमा रहेको छ। कार्तिक ९ बाट प्रर्दशनमा आउने यस चलचित्र यतिवेला व्यापक प्रचारप्रसारमा जुटेको छ। चलचित्रको ट्रेलर तथा गीत पनि दर्शकहरुको रोजाईमा पर्न सफल भएको छ। साथै चलचित्रमा सस्पेन्स रुपमा देखाइएको केकीको भुमिकाले पनि दर्शकहरुमा निकै प्रतिक्षा बढेको छ।

यस्तैमा चलचित्रको प्रचारप्रसारलाई प्राथमिकता दिँदै चलचित्र युनिटले मोफसल टुर थालेको छ। सञ्चारकर्मी तथा दर्शकसंग प्रतिक्रिया लिँदै चलचित्रप्रति दर्शकले दिएको माया प्रति आभारी दिनका लागि मोफसल टुर गर्न लागेको निर्माण पक्षले बताएका छन्। यस दौरानमा

चलचित्रका निर्माता मध्ये एक निर्मल शर्मा , रमेश उप्रेती , दीपिका प्रसाईं , प्रशान्त ताम्राकार हुनेछन्। चलचित्र टीमले मोफसल टुर अन्तर्गत पोखरा , चितवन र हेटौडा मा आफ्नो प्रस्तुती दिनेछ्।

चलचित्रमा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।