असोज, काठमाडौैं।

बलीउड एक्ट्रेस दीपिका पादुकोण छिट्टैनै स्क्रीनमा पद्मावती बनेर दर्शकको मन जित्न आउँदै छिन्। फिल्म १ डिसेम्बरमा रिलिज हुँदैछ। तर यतिवेला भने दीपिका फिल्मको अलावा अकों कुराले चर्चामा आएकी छिन्।

एक टकशो मा दिएको अन्तरवार्तामा दीपिकाले आफ्नो पुर्वप्रेमी रणबीर कपुरको बारेमा एक खुलासा गरेकी छिन् जुन सुनेर हालका प्रेमी रणवीर सिंह लगायत पुरा बलिउडनै चकित पर्ने भएको छ। शो मा दीपिका आफ्नो लभ लाइफको बारेमा बताउँदै थिईन यसै दौरान उनलाई उनको जिवनमा भएको रोमान्टिक पलको बारेमा सोधियो उनले रणवीर सिंह को सट्टा रणबीर कपूर को नाम लिईन्।

दीपिकाले बताइन कि उनी पियानो सिक्न चाहन्थिन यसको केही दिनमा नै उनको घरमा एक सरप्राइज पठाइएको थियो त्यसमा उनको सोच भन्दा पनि सुन्दर पियानो थियो। यो शानदार गिफ्ट उनलाई अरु कोही नभएर त्यसबेलाका उनका प्रेमी रणबीर कपूरले पठाएका थिए। दीपिका त्यस पललाई आजसम्म विसंन सकेकी छैनन्।

याद रहोस कुनै समयमा दीपिका र रणबीर सबैभन्दा रोमान्टिक जोडीको रुपमा चिनिने गर्थे। उनीहरुको अफेयर लामो समय सम्म चलेको थियो। यि दुई बचना ए हसीनो को दौरान नजीक भएका थिए। दीपिका रणबीरसंगको आफ्नो रिलेशनशिप लाई लिएर निकै सीरियस थिईन्। यतिसम्म कि उनले आफ्नो गर्धनमा रणवीरको नामको टाटु पनि खोपेकी थिईन्। तर पछि उनीहरु अलग भए। उनीहरुले एकसाथ ये जवानी हे दीवानी र तमाशा जस्ता फिल्ममा काम गरेका छन्।

दीपिकाको यस खुलासा पछि उनको अहिलेका प्रेमी रणवीर सिंहको प्रतिक्रिया को पखाई रहेको छ। आफ्नो सम्बन्धको बारेमा खुलेर बोल्ने फिल्म पद्मावती मा अलाउद्दीन खिलजीको भूमिकामा देखिँदैछन्। जहाँ दिपिका रानी पद्मावतीको भुमिकामा रहेकी छिन्। एजेन्सी