
<pre><b>कात्तिक, काठमाडौं। </b></pre><p>नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मुख्य भुमिका रहेको चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी तथा इमोशनले भरिएको ट्रेलरमा सौगात र बेनिशाको दमदार प्रस्तुती देख्न सकिन्छ्। </p><p>नायिका निशा अधिकारीको पहिलो निर्माणमा बनेको यस चलचित्र मंसिर १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् । </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/cmz59sVGvq4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>