‘शत्रु गते’ मा हरिवंशसँग दिपाश्रीको प्रेम, सुरु भयो छायांकन (भिडियो)

कार्तिक, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रमा गनिएका र चिनिएका कलाकारहरुको बाहुल्या रहेको चलचित्र ‘शत्रु गते’को शुभ मुहर्त गरिएको छ । सोमबार राजधानीको कमलादी मन्दिरमा चलचित्रको शुभमुर्हत गर्दै चलचित्र युनिट छायांकनमा लागेको छ । मुहर्तसँगै चलचित्र यूनिट छायांकनका लागि विरगञ्ज प्रस्थान गरेको छ । छायांकन ५० दिनसम्म चल्ने निर्माण युनिटले जनाएको छ ।

चलचित्रलाई निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्दैछन् । प्रदीपले यो भन्दा अघि चलचित्र  ‘जात्रा’ निर्देशन गरेर दर्शक तथा चलचित्रकर्मिको मन जितिसकेका छन् ।  चलचित्रमा चर्चित हाँस्य कलाकार महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको पनि अभिनय रहनेछ । साथै नायक पल शाह र नायिका आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् ।

चलचित्रको कथा खोल्न नचाहेपनि दीपा श्रीले हरिवंश आचार्यसँग आफ्नो प्रेमबस्ने पनि शुभमुर्हत कार्यक्रममै बताएकी थिइन् । उनले अग्रह कलाकारसँग अभिनय गर्न पाउनु आफ्नो भाग्य भएको भन्दै चलचित्र भित्र हरिवंश दाईसँग मेरो मायाप्रेम पनि बस्ने बताएकी थिइन् । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

चलचित्रमा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ ।   चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बन्न लागेको हो ।

Video: