‘फुर्के’को फष्टलुक सार्वजनिक

कार्तिक, काठमाडौं ।

आउदो माघ १२ बाट देशब्यापी प्रदर्शनमा आउने चलचित्र ‘फुर्के’ को फष्टलुक सार्वजनिक गरिएको छ । चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको फष्टलुकमा तीन कलाकारलाई देखाइएको छ । ति मध्य दुईले हातमा कुखुराको भाले लिएका छन् । फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । चलचित्रको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् ।

भद्र भुजेल निर्देशित यो चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ । देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् । नबिन पन्तको लेखन, बिष्णु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । चलचित्रलाई सुनिल मानन्धरले बितरण गर्ने जिम्मा लिएका छन् ।