कार्तिक, काठमाडौं ।

गायक दिपक बराइलीको नयाँ गीत सार्वजनिक भएको छ । ‘कहिले काँही तिमीसँग’ बोलको गीतमा सुरेश थापाको शब्द रहेको छ भने देवेन्द्र नेवाले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा दिवस र जेनीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई जिवन चौलागाईंले निर्देशन गरेका हुन् । साथै भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गायक बराइलीले दर्जनौं गीत गाइसकेका छन् । साथै उनले पछिल्लो विश्वकर्मा समुदायका युवतीहरुमा भएको प्रतिभा विश्वसामु चिनाउने उद्देश्यका साथ मोनाली इन्टरनेशनलबाट ‘मिस विश्वकर्मा इन्टरनेशनल’ आयोजना गरेका छन् । जसको केहि महिना पछि मलेसियामा फाइनल हुने बताइएको छ । नेपालमा यस भन्दा अघिका सम्पुर्ण अडिसनहरु सकिएको छ । साथै ८ युवती मलेसियामा फाइनलका लागी प्रतिस्पर्धा गर्नेछन् ।

म्युजीक भिडियोः