
<p><b>मंसिर, काठमाडौं। </b></p><p>पछिल्लो समय बलिउडका कलाकारहरु नेपालमा कन्सर्टका लागि आउने क्रम बढ्दै गईरहेको छ। यसैविच चर्चित गायिका मोनाली ठाकुर पनि काठमाण्डौमा कन्सर्टका लागि आउने भएकी छिन्। </p><p>डिसेम्बर ९ तारिखमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीत गाउनेछिन् । पर्र्फेट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम काठमाण्डौको डेजा भू क्लबमा आयोजना हुनेछ ।यो कार्यक्रममा नेपाली चलचित्रका नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुती रहनेछ ।कार्यक्रम बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ। </p>