काठमाडौंमा सुरु भयो ‘हाउस अफ डिजाइन’

मंसिर, काठमाडौं।

लण्डनमा सञ्चालन हुँदै आएको ‘लण्डन फेसन हाउस’को नेपाल शाखा काठमाडौंमा सुचारु गरिएको छ । बिगत ६ बर्षदेखी बेलायतको लण्डनस्थित हायस र साउथ ह्यारो गरी २ ठाउँमा लण्डन फेसन हाउस सञ्चालन गर्दै आएकी फेसन डिजाइनर मनिषा ड्रगोल श्रेष्ठले काठमाडौंको खुसीबुस्थित लिंक रोडमा लण्डन फेसन हाउसकै ‘हाउस अफ डिजाइन’ शुरु गरेकी हुन् ।

गैर नेपाली आवासिय संस्था (एनआरएनए) का अध्यक्ष भवन भट्ट, एनआरएनए महिला संयोजक रजनी प्रधानले संयुक्तरुपमा ‘हाउस अफ डिजाइन’ को उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष भट्टले नेपाली उत्पादन बिदेशका बिभिन्न देशहरुमा पु¥याउन मनिषाले ठुलो योगदान पु¥याएको बताए ।    ‘हामीले नेपालमा उत्पादन गर्ने जतिपनि सामानहरु छ त्यस्ता सामान बिदेशमा करिब ४० लाख  नेपालीलाई प्रयोग गर्न प्रोत्साहित गरिरहेका छौं । लण्डनमा ‘लण्डन फेसन हाउस’ सञ्चालन गरेसँगै नेपालमा पनि ‘हाउस आफ डिजाइन’ शुरु गरेकी मनिषाको उत्पादन चाडै विश्वका अन्य देशमा पनि पुग्ने विश्वास हामीले लिएका छौं ।’

त्यस्तै एनआरएनए कि महिला संयोजक रजनी प्रधानले पनि एनआरएनए महिलाहरुले देशबिदेमा आफ्नो ब्यवसाय मार्फत रोजगार सिर्जना गरेको जानकारी गराउँदै फेसन डिजाइनर मनिषा डंगोलले नेपाली फेसनलाई युरोपसँगै बिश्वबजार पु¥याउने विश्वास ब्यस्त गरिन् । साथै कार्यक्रममा उपस्थिती जनाएका अभिनेता तथा कोरियाग्राफर÷मोडल प्रशान्त ताम्राकारले मनिषा एक दशकदेखी फेसन डिजाइनमा लागेको र उनले यहाँका डिजाइन र डजाइनरलाई प्रर्बद्धन गर्न यो ‘हाउस अफ डिजाइन’ स्थापना गरेको बताए । यस्तै लण्डन फेसन हाउस अफ डिजाइनकी निर्देशक मनिषाले बुटिक सञ्चालन गर्न नसकेका डिजाइनरलाई लक्षित गरेर डिजाइन हाउस शुरु गरेको बताइन् । हाल त्यहाँ एक दर्जन डिजाइनरले नेपाली र अन्तर्राष्ट्रिय बजारलाई फेसन डिजाइन गर्दै आएको जनाउँदै उनले अरु डिजाइनरका लागी पनि यो ठाउँ उपयोग हुने बताइन् । उद्घाटन पछि १० मोडलहरुले ‘हाउस अफ डिजाइन’का नयाँ फेसनको फेसन शो गरेका थिए ।

यो समाचार हिमालयन राष्ट्रिय दैनिकमा  प्रकाशित छ।