नाटक महादान हेरेपछि बल्ल सिके दर्शकले मतदान तरिका

मंसिर१४ ,काठमान्डौँ ।

‘घरघरमा कार्यकर्ता आएर नमुना मतदान गर्न सिकाउँदा पनि हामीलाई मतदान सिक्न गाह्रो भएको थियो । तर आज सडक नाटक महादान हेरेपछि सदररुपमा कसरी मतदान गर्ने भन्ने बारे प्रस्ट भएकाले अब हामी मतदान गर्दा मत बिगार्दैनौं ।’ बुधबार इलामको नयाँबजारमा चेतना नाट्य समुह ईलामले मञ्चन गरेको सडक नाटक महादान हेरेपछि स्थानीय कल्पना उप्रेतीले बताईन् ।

– बर्दियाको गेरुवा गाउँपालिकाकामा दियालो परिवार नाट्य समुहले सडक नाटक ‘महादान’ बुधबार मञ्चन गर्दा दर्शकले सो नाटकको भिडियो खिचे । आफुहरुले नाटक हेरेर मतदान सहीरुपमा गर्न सिक्ने अबसर पाएको र भिडियो देखाएर अरुलाई पनि सही मतदान गर्न सिकाउन आफुहरुले भिडियो खिचेको त्यहाँका दर्शकहरुले प्रतिक्रिया दिए ।

– अछाम जिल्लाको जयगाडा गाउँपालिका स्थित जयगाडा गाउँमा बुधबार बिहान नाटक महादान हेरेका नयाँ मतदाताले कलाकारसँग नमुना मतपत्र मागेर स्वस्तिक छापा लगाउँदै भने,‘पहिलो पटक मतदान गर्न सिकियो । अब यस पटकको मतदान सदररुपमा गर्न र अरुलाई सदर रुपमा मतदान गर्न सिकाउन सक्ने भइयो ।’

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको आगामी २१ मँसिरमा ४५ जिल्लामा हुने निर्वाचनका लागि यी सबै जिल्लामा यतीबेला नाट्य कलाकारहरुले सडक नाटक ‘महादान’ प्रदर्शन गर्दै स्थानीयलाई निर्वाचन शिक्षा बाँढीरहेका छन् । यसै क्रममा निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा नाटक महादान बुधबार मुलुकका ७ ओटै प्रदेशका विभिन्न स्थानमा मञ्चन गरिएको छ । सबै जसो ठाउँमा दर्शकले नाटक हेरेर आफुहरुले मतदान राम्ररी गर्न सिकेको प्रतिक्रिया दिएको सम्बन्धित नाट्यटोलीहरुले बताएका छन् । यसै पटकबाट मतदानमा सहभागिता जनाउने नयाँ मतदाताले नाटकमा बढी नै चासो दिएको नाट्यकर्मीहरुको भनाई छ ।

सास्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजन र आरोहण गुरुकुलको सहकार्यमा भईरहेको सडक नाटक महादानको मञ्चन बुधबार प्रदेश १ को इलाम, मोरङ, तेह्रथुममा गरियो । इलाम जिल्लाको माइजोक नाइ गाउँपालिकाको नयाँ बजारमा चेतना नाट्य समुहले नाटक प्रदर्शन गर्दा दर्शकले कार्यकर्तासँग भन्दा कलाकारसँग राम्ररी मतदान कला सिक्न पाएको बताए । तेह्थुम जिल्लाको फेदाम गाउपालिका स्थित औसी डाडा र मेन्छ्यायम गाउपालिकाको मोराहाङ बजारमा झोराहाट नाट्य समुहले सडक नाटक महादान प्रदर्शन गर्यो । यस्तै मोरङमा क्रियासिल आरोहण गुरुकुलको नाट्य समुहले मिक्लाजुङ्ग गाउपालिकाको मधुमल्ला, उर्लाबारी नगरपालिकाको बरगाछी, पथरी शनिश्चरे नगरपालिकाको पथरीबजार र लेटाङ नगरपालिकाको लेटाङ बजारमा नाटक महादान मञ्चन गरेको निर्देशक दीपेश भण्डारीले जानकारी दिए ।

प्रदेश २ को सप्तरी ,महोतरी र पर्सामा पनि बुधबार नाटक महादान मञ्चन गरियो । सप्तरीका बोदेबरसाइन नगरपालिकाको नगरबजार, बलानबिहुल नगारपालिकाको बल्हनियमा चन्नी बजार र सुरुङ्गा नगरपालिकाको कुराहाबजारमा नाटक मञ्चन गरिएको बिराट मैथील नाट्य कला परिषदका रामभजन कामतले बताए । यसैगरि लोक सञ्चार नाट्य समुहकी निर्देशक प्रियंका झाले महोतरीको सम्सी गाउँपालिकाको सम्सी बजार, सोनमा गाउँपालिकाको सोनमा बजार ,बल्वा नगरपालिकाको बल्वाबजार, सिसवा नगरपालिकाको मरुवाही र एकडाडा गाउपालिकाको हलखोडी गाउँमा नाटक महादान मैथली भाषामा प्रदर्शन गरिएको जानकारी दिइन् । त्यस्तै गढीमाई नाट्य समूहले बुधबार पर्साको पर्सागढी नगरपालीकाको मनवा गाउँ, सखुवा पसौनी गाउँपालीकाको महुवन गाउँमामा नाटक महादान मञ्चन ग¥यो । यी स्थानमा भोजपुरी भाषामा नाटक देखाइएको समूहका निर्देशक रामलोचनले बताए ।

प्रदेश ३ कै काभ्रेपलाञ्चोकमा पुगेको सेलो थिएटरले बेथानचोक गाउँपालिकाको धुङखर्क, बनेपा नगरपालिकाको चारदोबाटो र पनौती नगरपालिकाको गुँरासमार्गमा नाटक महादान प्रदर्शन गरिएको निर्देशक जगत तामाङले जानकारी दिए । यो नाटक आफुहरुले नेपाली, नेवारी र तामाङ भाषामा देखाएको उनको कथन छ । प्रदेश ३ को चितवन पुगेको सांस्कृतिक संस्थानको टोलीले इशाकामना गाउँपालीकाको मुग्लिनबजार, भरतपुर महानगरपालिकाको सहिदगेट चोक र रत्ननगर नगरपालिकाको टाँडीबजारमा नाटक महादान प्रदर्शन गरेको टोली प्रमुख आकाश थापाले जानकारी दिए ।

प्रदेश ४ को तनहुँ र कास्की पुगेको भिक्टोरिया नाट्य समूहले कास्की जिल्लाको रुप गाउँपालीकाको थुम्की बजार, तनहुँ जिल्लाको सुक्ल गण्डकी नगरपालिकाको खैरेनीटार, म्याग्दी नगरपालिकाको खर्पु बजारमा नाटक महादान प्रदर्शन गरिएको निर्देशक संगम कायस्थले बताए ।

प्रदेश ५ को पश्चिम नवलपरासी पुगेको श्रृंखला नाट्या समूहका निर्देशक आशाकाजी श्रेष्ठका अनुसार सो समुहले सुनवल नगरपालिकाको सुनवल बजार, प्रतापपुर गाउँपालिकाको बेलटारी बजार, सुस्ता गाउँपालिकाको कुडिया बजार र बर्दघाट नगरपालिकाको चिसापानी बजारमा नाटक महादान मञ्चन गरेको छ ।

प्रदेश ६ को दैलेख र बर्दिया जिल्लामा पनि बुधबार नाटक महादान मञ्चन गरियो । बर्दिया पुगेको दियालो परिवार नाट्य समूहले गेरुवा गाउँपालिकाको शान्ति बजार र मधुवन गाउँपालिकाको लाली बजारमा नाटक देखाएको निर्देशक सन्तकुमार विश्वकर्माले जानकारी दिए । उनका अनुसार दैनिकी काम छाडेर पनि नाटक हेर्न दर्शक आएका थिए । नाटक हेरिसकेपछि दर्शकले धेरै ज्ञानगुनका कुरा सिकाएको भन्दै नाटक टोलीलाई धन्यवाद दिएको विश्वकर्माले बताए ।

यस्तै दैलेख जिल्लाको नौमुले गाउँपालिकाको नौमुले बजार र महाबु गाउँपालिकाको खरीगैरा बजारमा नाटक महादान प्रदर्शन गरिएको आरङग नाट्य समूहका निर्देशक गणेश भक्त गौतमले जानकारी दिए ।

प्रदेश ७ को कञ्चनपुर र अछाममा पनि बुधबार नाटक महादान प्रदर्शन भएको छ ।  कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाको बेलौरी बजार, बेल्टारी गाउँपालिकाको बेल्टारी बजार, पुर्नवास नगरपालिकाको पुर्नवास बजार र लालझाडी गाउँपालिकाको लालझाडी बजारमा लोटस युवा क्लबले नाटक  देखाइएको छ । क्लबका निर्देशक ज्ञानेन्द्र गिरीका अनुसार यी स्थानमा चौधरी, बाजुरेली र अछामि भाषामा नाटक मञ्चन भयो ।

यस्तै अछामको जयगाडा गाउँपालिकाको जयगाडा गाउँ, कमलबजार नगरपालिकाको कमल बजार, मेल्लेक गाउँपालिकाको खाटे बजार, बिन्निगडी गाउँपालिकाको बिन्नि बजारमा नाटक महादान प्रदर्शन गरिएको सु.प. साँस्कृतिक मञ्चका अनिल रिजालले जानकारी दिए । पहिलो पटक भोट हाल्ने तयारीमा रहेका मतदाताहरुले नाटक हेरिसकेपछि आफ्नो भोट बदर नहुने  बताएको रिजालले सुनाए ।