मंसिर, काठमाडौं ।

यहि आउँदो पुस २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'बटरफ्लाइ'को ट्रेलर सार्वजनिक गरिएको छ । नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको प्रेमभाव देखिएको ट्रेलरमा रोमान्स र रोदन हाबी देखिन्छ ।

चलचित्र युनिटले यसभन्दा अघि एक कार्यक्रमका बिच 'म गाउँदिन अब गीत' बोलको गीत सार्वजनिक गरिसकेको थियो । चलचित्र मा प्रियंका र आर्यनसँगै अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लिड रोलमा छन् ।

ओम प्रतिक गुरुङ निर्देशीत यो चलचित्रमा अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माले संगीत भरेका छन् भने एक्सन कुमार महर्जनको छ । कोरियोग्राफीको जिम्मा कविराज गहतराजले सम्हालेका छन् । सुरेश बज्राचार्यले खिचेको 'बटरफ्लाइ'को कथा निर्देशक गुरुङको नै हो ।

चलचित्रलाई पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीले निर्माण गरेका हुन् भने रमेश प्रजापती कार्यकारी निर्माता रहँदा सह निर्मातामा सरोज शाह, मन्दिप श्रेष्ठ छन् भने लाइन प्रोड्युसरमा माधव पण्डित र लक्ष्मण पौडेल छन् । एक्सन लभस्टोरी जनरा बोकेको चलचित्र ुम त तिम्रो होइन रु डेब्यू ब्वाइ आर्यनको यो दोश्रो प्रोजेक्ट हो ।

Trailer: