मङ्सिर , काठमाडौं

बलिउडका सुपरस्टार सलमान खानको जिन्दगी देखेर ईष्र्या नगर्ने सागदै कमै नै हुन्छन् होला। हर कोहीको चाहना उनको जस्तो जिन्दगी होस भन्ने हुने गर्छ तर स्वयं सलमानचाहिँ आफ्नो दुनियाँदेखि खासै खुसी नभएको बताउँछन्। उनले हालैको एक कार्यक्रममा आफूले बोरिङ जिन्दगी बिताइरहेको बताएका छन् ।

‘मैले बोरिङ तर कठोर मेहेनत गर्नुपर्ने जिन्दगी जिएको छु,’ उनलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्, ‘मेराबारे बनेका आमधारणाभन्दा विपरीत छ मेरो दुनियाँ ।’

उनले भनेका छन्, ‘खासमा साह्रै अल्छीलाग्दो जिन्दगी छ मेरो । एक दिन म भएर बाँच्नुस् अनि थाहा हुन्छ । अस्तव्यस्त र दौडधुपले बोर गराउँछ ।’

सलमानले आफू अझै पनि एककोठे अपार्टमेन्टमा बस्ने गरेको बताएका छन् । निकै साधारण जिन्दगी गुजारिरहेको सलमानको भनाइ छ । आफ्नो लाइफस्टाइललाई लिएर समाचारमा आउने कतिपय हावादारी कुराले साह्रै अप्ठ्यारो महसुस गराउने उनी बताउँछन् ।

लगातारको सुटिङ र यताउता कुदिरहनुपर्ने सन्दर्भलाई लिएर उनले आफ्नो काम बोरिङ भएको बताएका हुन् ।

एजेन्सी