पुस, काठमाण्डौ ।

चलचित्र ‘लम्फू’ आउँदो बर्ष (०७५) को बैशाख २५ बाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । केहि समय अघि कुसुम श्रेष्ठ अर्थात तरकारीवालीको पनि अभिनय रेको चलचत्रि भनेर ‘लम्फु’ले एककिसिमले नाम कमाइसकेको थियो । तर कुसुमको के भूमिका छ भन्ने बारे भने खुलाइएको छैन।

यो चलचित्रबाट कुसुमसँगै नव–नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिरले नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन् । कुसुम र कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा समेत गौण छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।

यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको 'लम्फू'मा सम्पान हरि सिलवालको रहेको छ । चलचित्र निर्माता तथा कस्ट्युम डिजाइनर पुनम गौतमले यस चलचित्रमा कस्ट्युम डिजाइन गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्घा खरेल लगायतको स्वर रहेको छ ।