श्वेता खड्का भन्छिन्– डराएको भन्छन् भनेपनि फरक पर्दैन

गोपिकृष्ण चापागाईं /पुस, काठमाडौं ।

नायिका स्वेता खड्काले आफ्नै निर्माणमा चलचित्र ‘कान्छि’ लिएर नेपाली दर्शक माझ आउँदैछिन् । चलचित्र ‘कोहिनुर’ मा अभिनय गरेपछि लामोसमय ‘ग्याप’मा बसेकी श्वेताले ‘कान्छि’ बाट अभिनयमा कमब्याक भएकी छिन् भने यसैचलचित्रबाट निर्मात्री समेत बनेकी छिन् । चलचित्र माघ २६ गतेबाट देशब्यापी प्रदर्शनमा ल्याउने भन्ने ‘कान्छि’ टीमले घोषणा गरेपनि पछि पुनः रिलिज मिति सारेको छ । घोषणा गरेकै मितिमा प्रतिक्षित चलचित्र ‘कृ’ पनि प्रदर्शनमा आउने भएपछि ‘कान्छि’ पछाडि सरेको हो ।

यसैबिच अहिले नेपाली चलचित्रको बजारमा निर्मात्री श्वेता ‘कृ’ सँग जुध्न सकिनन् अथवा चलचित्रको ब्यापारमा असर पर्ने भएर डराएर पछाडि हटिन् भन्ने टिकाटिप्पणी चलिरहेको छ । केहिदिन अघिमात्रै चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता भुवन केसीले ‘कान्छि’ले रिलिज मिति पछाडि सारेकोमा धन्यवाद दिएका थिए भने शुभकामना पनि दिएका थिए । साथै ‘कान्छि’कै मितिमा किन ‘कृ’लाई जुधाउन ल्याउनु भो भन्ने पत्रकारहरुको प्रश्नमा अर्का निर्माता सुवास गिरीले ‘कान्छि’ भन्दा अघिनै आफुहरुले रिलिज मिति तय गरिसकेको बताएका थिए । यता ‘कान्छि’ निर्मात्री श्वेताले भने ‘कृ’ सँग डराएर पछाडि हटेको भन्ने कुरालाई गलत भएको बताएकी छिन् । आफुले नेपाली चलचित्रक्षेत्रलाई सधैं मन्दिर मान्ने भएकोले सबैको राम्रोका लागी आफु पछाडि सरेको बताइन् । यहि ‘कान्छि’ लाई केहि समय पछाडि सार्दा दुबै चलचित्रलाई राम्रो हुन्छ भने किन नसर्ने भन्ने उनको भनाई छ । ‘अहिले चलेको टिकाटिप्पणीमा म डराएर पछाडि सरेको,कृ सँग जुध्न नसकेको भन्ने हल्ला छन् भने हल्ला चलिरहोस् तर मैले नेपाली चलचित्रक्षेत्रका लागी राम्रो होस् भनेर रिलिज मिति सारेकी हुँ । कसैसँग डराएर भन्ने कुरै छैन ।’, श्वेताले भनिन् । साथै उनले चलचित्रक्षेत्रका बिभिन्न ब्यक्तिहरुले डराएको भन्ने शब्द प्रयोग गर्छन् भने आफुलाई त्यसो भन्दा केहि फरक नपर्ने समेत बताइन् । ‘यहि कसैले श्वेता डराएको भन्छन् भने मलाई केहि फरक पर्दैन । म आफुले जे गर्छु सधैं राम्रोको लागी गर्छु ।’, श्वेताले थपिन् । नेपाली बजारमा बनेका चलचित्रलाई एउटै मितिमा जुधाएर कुनैपनि चलचित्रलाई फाइदा नहुने उनको भनाई छ । एकैमितिमा चलचित्र प्रदर्शन गर्दा दर्शक, निर्माता कसैलाई पनि सजिलो नहुने बताइन् । साथै उनी आफ्नो चलचित्रलाई दर्शकले माया गर्नेमा ढुक्क भएको बताउँछिन् । आफ्नो चलचित्र एक महिना पछाडि सारेपनि दर्शकले हेर्नेमा विश्वास रहेको उनी भन्छिन् । ‘मैले मेरो चलचित्रलाई एक महिना पछाडि सारेपछि मेरा दर्शकले कुरेरै हेर्नुहुन्छ । मेरा लागी दर्शक भगवान हुनुहुन्छ । म ढुक्क छु कि ‘कान्छि’लाई दर्शकले धेरै माया गर्नुहुनेछ ।’, श्वेताले आफु ढुक्क रहेको बताइन् ।

अब श्वेताको ‘कान्छि’ फागुन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने घोषणा गरिएको छ । ‘कृ’ भन्दा साता पछि सरेपनि आफ्नो चलचित्रमा दर्शकको उल्लेख्य उपस्थिती हुनेमा श्वेता ढुक्क रहेको बताउँछिन् । साथै उनले ‘कान्छि’ कुनै एक बर्गमा दर्शकका लागी मात्र नभएर सम्पुर्ण उमेरका दर्शकले हेर्न मिल्ने चलचित्र बनेको बताइन् । ‘यो उमेरका दर्शकले हेर्नैपर्ने भन्न मिल्दैन । बच्चा, युवा देखी बृद्धसम्म सबैले ‘कान्छि’ चलचित्र हेर्नमिल्छ । स–परिवार मिलेर हलसम्म आउँनुहोला भन्न चाहान्छु ।’, श्वेताले भनिन् । चलचित्रमा हाँस्न चाहानेहरुका लागी कमेडी र सेन्टिमेन्टर रुचाउनेहरुका लागी सेन्टिमेन्टलका दृश्यपनि प्रशस्त रहेको उनको भनाई छ । चलचित्रको गीतसंगीतको पाटोपनि एकदम बलियो भएको श्वेता र चलचित्रमा संगीत भरेका अन्य संगीतकारहरुले पनि भन्दै आएका छन् । ‘चरि चट्ट परि’ बोलको गीत भिडियो सेयरिङ साइट युट्युवमा लगभग ६३ लाख पटक हेरिसकिएको छ । जुन गीतलाई राजनराज शिवाकोटीले स्वर तथा संगीत भरेका छन्  । गीतमा राजनराजलाई अन्जु पन्तले साथ दिएकी छिन् । भिडियोमा श्वेता र अभिनेता दयाहाङ राई फिचरिङ छन् ।

साथै श्वेताले दर्शकको प्रतिक्षको घडि सकिएको बताइन् । आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै दर्शकले चलचित्रमा आउनु प¥यो, अभिनयमा पुनः फर्किनु प¥यो भनेर आग्रह गरेको सम्झिएको बताउँछिन् । ‘मैले आफुले दिएका अन्तर्वाताहरुका प्रतिक्रियाहरु प्नि हेरेकी हुन्छु, म प्रति दर्शकले देखाउनु भएको माया कहिल्यै भुल्न सक्दिन । यतिधेरै माया गर्नुहुन्छ र त आज म यसरी आउन सकेकी छु ।’, श्वेताले दर्शकको मायाले आफुलाई जिउन अझ सजिलो भएको बताइन् । साथै छिट्टै नै चलचित्रको ‘कान्छि सुन सुन कान्छि’ बोलको टाइटल गीत सार्वजनिक गर्ने श्वेताले जानकारी दिइन् ।

चलचित्रमा श्वेता र  दयाहाङको साथमा अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, पज्जवल गिरी, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जय नन्द लामा, निर शाह लगायतका कलाकारको अभिनय छ । आकाश अधिकारीले निर्देशन गरेको यो चलचित्रको रबिन खड्का सह–निर्माता हुन् । चलचित्रको कथा याम थामाले लेखेका हुन् भने पुरुस्वत्तम प्रधान चलचित्रका सिनेमाटोग्राफर हुन् । यो समाचार हिमालय टाइम्समा प्रकाशित छ ।