पुस, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रमा सम्पादनमा राम्रो काम गरेर चिनिएका नाम धेरै छन् । राम्रो छायांकन तथा निर्देशनले मात्र चलचित्र राम्रो हुन सक्दैन । चलचित्रको हलसम्म पुग्नका लागी चलचित्रको सम्पादनको ठुलो भूमिका रहन्छ । महिनौं समय लगाएरै छायांकन गरिएका चलचित्रका दृश्य पुनः महिनौं लगाएर सम्पादन गर्नुपर्ने हुन्छ । यस्तै नेपाली चलचित्रक्षेत्रमा कुशल सम्पादकको रुपमा चिनिएको नाम हो तारा थापा (किम्भे) । यो नाम नेपाली चलचित्रक्षेत्रका लागी नौलो होइन । कुनैपनि चलचित्र सम्पादनको समयमा चलचित्रका निर्देशक तथा निर्माताले लिने नामको अग्रपंक्रिमा ताराको नाम पनि आउँछ । उनी टप तिन सम्पादक मध्येमै पर्ने गरेका छन् ।

झण्डै दुईदशक देखी निरन्तर चलचित्र सम्पादनमा क्रियाशिल ताराले बि.स. २०५६ सालबाट सम्पादन यात्रा शुरु गरेका हुन् । सहायक सम्पादकबाट यात्रा थाल्नेक्रममै उनले ‘नाता रगतको , लक्ष्मण रेखा, मनै त हो, १६ वर्षे जोवन, दर्पण छाँया’ लगायत दर्जन बढी चलचित्रमा काम गरेका छन् ।

बरिष्ठ चलचित्रकर्मी यादव खरेल निर्देशित ‘हत्तेरी’बाट मुख्य सम्पादन थालेका उनले अहिलेसम्म २०० बढी चलचित्रको सम्पादन गरिसकेका छन् । बास्तबिक नाम तारा बहादुर थापा भएपनि तार चलचित्र क्षेत्रमा तारा थापा ‘किम्भे’को नामले चिनिएका छन् । सम्पादन बिधामा क्रियासिल रहेका कारणले देश विदेशमा आयोजना हुने बिभिन्न चलचित्र अवार्ड समेत उचाल्न सफल उनले नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा २०६४ सालको उत्कृष्ठ सम्पादन वाट सम्मानित चलचित्र ‘सावधान’ निर्देशक दिनेश डि.सी चलचित्र प्राविधक संघ तथा कान्तिपुर टेलिभिजनको सयुक्त आयोजनामा रहेको नेफ्टा अवार्ड २०६५ मा ‘किस्मत’ चलचित्रबाट उत्कृष्ट सम्पादक अवार्ड हात पारेका छन् । ‘बृन्दावन’ चलचित्रबाट वक्स अफिस फिल्मी अवार्ड समेत पाउन सफल उनी कतार मगर संघको सम्मान समेत पाउन सफल रहेका छन् ।

दीपक श्रेष्ठ, स्व शिव रेग्मी, दयाराम दाहाल, नरेश पौड्यल लगायतका चर्चित निर्देशकका रोजाइका सम्पादक समेत बन्न सफल ताराले ‘गौथली’ चलचित्र समेत निर्देशन गरेका छन् । यो चलचित्र फिल्म साउथ एसियाको पहिलो गिती फिल्म हो ।

चलचित्रको अलवा म्युजिक भिडियो, टेलिसिरियल, डकुमेन्ट्री आदिको समेत काटछाड गर्दै आएका तारा अहिले एकसाथ ‘नेप्टे’, ‘दैलो’ र ‘विराङाना’ सम्पादन गरिरहेका छन् ।

मिलनसार, मिहनती र प्रतिभावान सम्पादको सुचिमा समेत पर्ने गरेका तारले सम्पादन गरेको जापानी नागरीक डा. तोसिआकी इतोहद्धारा निर्देशित चलचित्र ‘माई लाव’ अघिल्लो साता प्रदर्शनमा आएको थियो । ‘कमलेको विहे’, ‘रमिता, ‘जिवन कांडा कि फुल’, ‘वाचा’, ‘अनुग्रह’ उनको सम्पादन रहेको रिलिजका तयारिमा रहेका चलचित्र हुन् ।