सर्यो कामना फिल्म अवार्ड, अब माघ १६ गते हुने

पुस, काठमाडौं ।

यहि पुस २२ गते हुने भनिएको ‘लक्स कामना फिल्म अवार्ड २०७४’ २४ दिन पछाडि सरेको छ । अब आउँदो माघको १६ गते मंगलबारका दिन अवार्डको आयोजना हुने आयोजक कामना सिने मासिकले जनाएको छ । अवार्ड समारोह सर्नुको कारण आयोजन टीमले विशेष प्राविधिक बताएको छ ।

सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण शहीद दिवसको सार्वजनिक बिदाका दिन पारेर आयोजना गर्न लागिएको हो । कुल ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्यताका साथ आयोजना हुनेछ ।

उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ । हिमालय टाइम्समा पनि प्रकाशित छ ।