सर्यो प्रदीपको ‘लिलिबिली’

पुस, काठमाडौं ।

छायांकन अघि देखी नै चर्चामा रहेको चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति सरेको छ । युवा स्टार प्रदीप खड्का अभिनीत ‘लिलिबिली’ चैत ३० गतेबाट प्रदर्शनमा आउने भनिएको थियो तर छायांकन पछिका कामहरुका लागी समय नपुग्ने भएकाले अब आउँदो बर्षको बैशाख १४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार चलचित्रको एक गीत सार्वजकि गर्दै नयाँ प्रदर्शन मितिको औपचारिक घोषणा गरिने छ । मिलन चाम्स निर्देशीत यो फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । यो चलचित्रकको छायांकन लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुल र नेपालमा गरिएको छ ।