जेठमा ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड, फर्म खुल्ला

माघ, काठमाडौं ।

मोफसलबाट आयोजना हुँदै आएको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७५’ को चौथौं संस्करण आउँदोबर्ष पनि हुने भएको छ । नेपाली गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान ’ भन्ने मूल नाराको साथमा आगामी जेठ महिनामा हुने अवार्ड समारोहका लागी फर्म खुल्ला गरिएको छ ।

चलचित्र, आधुनिक, पप र लोकदोहोरी तर्फबाट ३३ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।  नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुने यो अवार्ड समारोहको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि. काठमाडौंले गर्ने भएको छ ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई नगदसहित  सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

अवार्डमा चलचित्रतर्फ गीतकार,संगीतकार, गायक, गायिका, त्यसैगरी आधुनिक तर्फ गीतकार,संगीतकार, गायक, गायिका, नव गायक, नव  गायिका, भिडियो निर्देशक, छायाँकार,  भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला रहेका छन् । पप गीत तर्फ गीतकार,संगीतकार, गायक, गायिका, भिडियो निर्देशक त्यसैगरी लोक दोहोरी तर्फ शब्द, लय, गायक, गायिक, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशन, भिडियो, छायाँकार, भिडियो सम्पादक, नव गायक र नव गायिका विधाहरु रहेका छन् । देशभरका कलाकर्मीहरुले यस अवार्डमा सहभागी हुन सक्नेछन् ।