त्रिकोणात्मक प्रेमकथामा बन्ने भयो ‘रानीमहल’

माघ,काठमाडौं ।

नेपालको ऐतिहासिक धरोहर रानीमहल’ को नाममा  अब चलचित्र निर्माण हुने भएको छ ।विहिबार राजधानीको अन्नपूर्ण होटेलमा  आयोजित कार्यक्रमविच चलचित्र ‘रानीमहल’ को आधिकारिक घोषणा गरिएको छ । चलचित्रमा नायिका वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने ‘रानीमहल’ लाई हिमाल न्यौपानेले निर्देशन गर्ने भएका छन्

स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगका बारे सन्देश दिन खोजिएको छ ।

४५ दिने छायांकन सेड्युल रहेको चलचित्र डेढ करोडको लगानीमा बन्ने जानकारी निर्माण टिमले  दिएको छ।