थापा र बैध सम्मानीत

फागुन, काठमाडौं ।

कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर बिभिन्न श्रष्टाहरुलाई सम्मान गरेको छ । ‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको यस फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश बैधलाई सम्मान गरेको छ । फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान , फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णु माया लामिछाने, बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै कार्यक्रममा रत्न शमशेर थापाले उमेर धेरै भएपनि उत्साह थप्ने काम गर्ने बताए । ‘यस्ता सम्मानले यो उमेरमा आइपुग्दा पछिल्लो दिनको उपलब्धिलाई सम्झाउछ भने अझै उत्साह थप्ने काम गर्छ । कृपा फाउन्डेसनले संगीत सर्जकलाई सम्मान गर्दै आफुलाई निरन्तरता दिन सकोस शुभकामना व्यक्त गर्न चाहन्छु ।’, थापाले भने । यस्तै  योगेश बैधले पनि यस्ता सम्मानले युवापुस्तामा हौसला बढ्ने बताए । ‘एउटा हौसला पनि थपिएको छ । यो हौसला युवा पुस्तालाई पनि प्रदान गर्दै संगीत प्रतिको लगाव बढाउँन सक्षम हुन्’, बैधले भने ।

सोहि अवसरमा पछिल्लो समय किड्नीमा समस्या आएपछि उपचार गराईरहेका वरिष्ठ गायक ओम बिक्रम बिष्ट ज्युलाई फाउन्डेसनको तर्फबात नगद र ५१ हजार प्रदान गरिएको थियो । उक्त सहयोग उनका छोरा शिखर विक्रम विष्टले ग्रहण गरेका थिए । गायक ओम बिक्रम यतिखेर अमेरिकामा छन् । यस्तै दुबै मृगौलाले काम नगर्ने भएपछि उपचार गराइरहेकी अर्की गायिका जलजला परियारलाई पनि फाउण्डेशनले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

कार्यक्रममा गायक शिव लामिछानेले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी , शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत सपना भुलाई सारा र एल्वर्ट सुब्बा लिखित , रोबर्ट सुब्बाद्वारा संगीतमा वरिष्ठ गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा लाइभ प्रस्तुत गरेका थिए ।

फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा ‘जय नेपाल’ बोल रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन् । गीतको भिडियोमा शिव आफै प्रस्तुत भएका छन् भने यसमा नेपालको सौन्दर्यतालाई देखाइएको छ । गीत विनय कन्स्कारले सम्पादन गरेका हुन् भने यसलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् । गीतको छायांकन नरेन र विनयले संयुक्त रुपमा गरेका छन् ।