फागुन, काठमाडौं ।

नयाँ कलाकारहरुको बाहुल्यतामा चलचित्र ‘द प्रिन्स’ बन्ने भएको छ । एन पी फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्ने यो चलचित्रमा अधिकांश नयाँ कलाकारहरु रहनेछन् । सोमबार एक कार्यक्रमका बीच चलचित्रको घोषणा सँगै कलाकारहरुको परिचय गराइयो । मदन घिमिरेको निर्देशनमा बन्ने यो चलचित्रमा बिष्णु शिवाकोटीले लगानी गर्देछन् जो यातायात ब्यावसायी महासंघका अध्यक्ष समेत हुन् ।

यस चलचित्रबाट नेपाली चलचित्र नगरीमा एउटा नयाँ अनुहारको आगामन भएको छ । नव कलाकारको रुपमा नव–नायक शिबु थापा भित्रिने भएका छन् । लामो समय देखि मोडलिङ र कलाकारितामा लागी परेका शिबु कुशल खेलाडी पनि हुन् । उनि बिगत १० बर्षदेखि मार्शलआर्ट र जिम्नाष्टिकको राम्रो खेलाडी पनि हुन् ।

निर्देशक घिमिरेले पुर्ब बिराटनगरका शिबु शाह ‘द प्रिन्स’को प्रमुख कलाकारको रुपमा मोडल कशिस दाहालसँग पर्दामा स्क्रिंन शेर गर्ने बताए । सम्राट थापाको कथा तथा संगीत रहने यो चलचित्रमा दोन्द सम्राट बस्नेतको रहने छ भने सिनेमाटोग्राफी रामसरण उप्रेतीको रहने छ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रमा शिबु र कशिसको अलावा अभिनेता सरोज खनाल, मनिषा पाण्डे, निशा केशी भण्डारी र महेन्द्र मैनाली लगायतकाको प्रमुख अभिनय रहने छ । चलचित्र ‘द प्रिन्स’ आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरंजनपूर्ण रहनुका साथै घात, बिस्वास घात त्याग र रहश्यको सेरोफेरोमा चलचित्र बन्ने बताइयो । घिमिरेको निर्देशनको हिशाबले यो २९ औ चलचित्र हो । चलचित्र केहिदिनमा छायांकनमा निस्किने बताइयो ।