
<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> बिगत दुईबर्ष देखी प्रोष्टप्रोडक्सनको काममै अल्झिएर बसेको चलचित्र ‘हिरोज’ को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर तथा तिनगीत सार्वजनिक गरिएको हो । </p><p style="text-align: justify; ">चैत २३ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्ममा करिश्माको जोडी अभिनेता मुकेश ढकालसँग बाँधिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्ममा जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । </p><p style="text-align: justify; ">जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । एनबि महर्जन फिल्मका निर्देशक हुन् । </p><pre style="text-align: justify; "><b>Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/34ikiVHmX5Y" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>