देशव्यापी दौडमा ‘गाँजा बाजा’

फागुन, काठमाडौं ।

यहि आउँदो शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गाँजा बाजा’को टिम प्रचारका लागी राजधानी बाहिर निकिएको छ । पोख’राबाट प्रचारको काम शुरु गरेको चलचित्र टिम यात्रा पूर्व दमकमा पुगेर सम्पन्न हुने बताइएको छ । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो चलचित्रको पत्रकार भेटघाट गरियो । चलचित्रका निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रबिन थापा लगायत अहिले मोफसलमा छन् ।

चलचित्रको ट्रेलरमा ‘बिप’ गरिएको बारे पत्रकारले सोधेको प्रश्नमा निर्देशक पाण्डेले सिनेमामा त्यस्ता कुराहरु नरहेको बताए । गाँजा बाजाले दर्शकलाई हँसाउने र पूर्ण मनोरञ्जन दिने पनि निर्देशक पाण्डेले बताएका छन् । गाँजा बाजाको सोमबार बिराटनगर र दमक, मँगलबार धरानमा पत्रकार भेटघाट राखिएको छ । एक वर्षसम्म अदालतमा मुद्वा लडेको चलचित्र ‘गाँजा बाजा’ अदालतबाट मुद्वा जितेर दर्शकमाझ आउँन लागेको हो ।

यसलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । चलचित्र पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीले बताए । गाँजा बाजालाई सँगै बसेर हेर्दा अभिभावक देखि सन्तानसम्मले सकरात्मक सन्देश पाउने पनि निर्माता रेग्मीले जानकारी गराए । निर्माता गोमाका अनुसार अहिले नेपालमा करिब १८ प्रतिशत युवाहरु विभिन्न लागू औषध तथा दूव्र्यसनीमा फसेकाले यो चलचित्रले अरुलाई त्यो मार्गमा लाग्नबाट जोगाउने र दूव्र्यसनीमा फसिसकेकालाई पुन यो नशा छाडेर पूर्व जीवनशैलीमा फर्कन समेत गाँजा बाजाले प्रेरित गर्नेछ ।

चलचित्रको छायाँकन यकोपो रास्लिक (इटालिएन), संगीत निख एन्ड जटा, सम्पादन लोकश बज्राचार्य, ध्वनी अमित श्रेष्ठको रहेको छ । यो चलचित्र हास्य जनरामा तयार गरिएको पनि निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा शुशिल सिटौला, वर्षा सिवाकोटी, अनुपम शर्मा, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।