कोरियोग्राफर कविराजले गरे प्रेम बिवाह

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">कोरियोग्राफर कविराज गहतराज बिवाह बन्धनमा बाँधिएका छन् । गहतराजले रोजी घिमिरेसँगको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । झन्डै २५ दिनअघि औंठी साटेका उनीहरुले मंगलबार हिन्दु परम्परा अनुसार उनले बिवाह गरेका हुन् । नेपाली चलचित्रक्षेत्रका चर्चित कोरियोग्राफर हुन् कविराज । बिवाह समारोहमा नेपाली चलचित्रक्षेत्रका चर्चित सेलिब्रेटीहरुको उपस्थिती देखिन्थ्यो ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/41d4fd848da532e5b0e62a409bc056471520938678.jpg" style="width: 960px;"><br></p><p style="text-align: justify; ">कविराजले कोरियोग्राफी गरेका अधिकांश गीतहरु चर्चित छन् । उनका पछिल्लो समय ‘कुटुमा कुटु’, ,‘‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चामा छन् । अहिले उनी एपीवान टेलिभिजनबाट मार्च २९ तारिख (चैत १५) देखि प्रसारण हुन लागेको डान्स रियालिटी सो ‘बुगी बुगी’ को तीन जुरीमध्येका एक हुन् । जसमा नायक दिलीप रायमाझी र नायिका प्रियंका कार्की छन् ।</p>