रिलिज अगावै फाइदामा सलमानको ‘रेस ३’

चैत, मुम्बई (एजेन्सी) ।

बलिउडस्टार सलमान खानको ईदमा रिलिज हुन लागेको चलचित्र ‘रेस ३’ को बिषयमा बेलाबखतमा चर्चा भइरहन्छ । कहिले उनको लुक्स त कहिले उनको भूमिकाको बिषयमा चलचित्रले चर्चा कमाइरहेका बेला चलचित्रको अर्को सुखद खबर सार्वजनिक भएको छ । चलचित्रले रिलिज अगावै करोडौं रुपैयाँको विजनेश गरेको छ । मिड डेको खबरअनुसार, चलचित्रको स्याटेलाइट राइट्स पूरै १ सय ५० करोडमा विक्रि भएको छ । सलमानको मार्केट मुल्यका कारण फिल्मको राइट्स डबल रेटमा खरिद गरिएको हो । योसँगै चलचित्रलाई रिलिज अगावै करोडौं फाइदा भएको छ ।

चलचित्रको राइट्सका लागि पहिला ७५ करोडको अफर मेकर्सलाई दिइएको थियो तर टिमले उक्त प्रस्ताव अस्वीकार र्गयो । पछि सलमान खानको कारण चलचित्रलाई दोब्बर मुनाफासँगै १५० करोड मिल्यो । ‘रेस ३’ मा बबी देओल, अनिल कपूर, ज्याकलीन फर्ना्न्डिज, डेजी शाह र साकिब सलीम जस्ता कलाकार प्रमुख भूमिकामा छन् । सलमानले पहिलो पटक यो हिट फ्रेन्चाइजीमा काम गेका हुन् । यसअघि यो चलचित्रमा सैफ अली खानले लिड रोल निर्वाहा गरेका थिए । सलमानको पछिल्लो चलचित्र ‘टाइगर जिन्दा हे’ को स्याटेलाइट राइट्स ७० करोडमा विक्रि भएको थियो ।