आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

टेलिभिजन सिरियलमा सबैभन्दा लोकप्रिय बनेको ‘भद्रगोल’ पछिल्लो दुईदिन यता युट्युवको शीर्षस्थानमा बसेको छ । १६४ औं भागमा उठाइएको बिषयबस्तुलाई दर्शकले मन पराएको देखिन्छ । तीनदिन अघि युट्युवमा अपलोड गरिएको उक्त सिरियल साढे ७ लाख बढी पटक हेरिएको छ भने हजार बढी प्रतिक्रिया आएका छन् । जसमा अधिकांशले उठाइएको क्रिकेट स्टेडियमको बिषयबस्तु मन पराएका छन् ।

‘भद्रगोल’का निर्देशक तथा कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले यो भन्दा अघि पनि नेपालमा क्रिकेट स्डेडियम बनाउनुपर्छ भन्दै सामाजिक सञ्जाल मार्फत आवाज उठाउँदै आएका थिए । यसैक्रममा सिरियलमा उठाइएको यो बिषयबस्तुलाई अझ धेरैले मन पराउँदा खुसी लागेको बताए । ‘नेपाललाई विश्वसामु चिनाउने सशक्त माध्यम अहिले क्रिकेट बनेको छ तर नेपालमा एउटा अन्तर्राष्ट्रिस्तरको क्रिकेट स्डेडियम नहुँदा खेलाडी तथा देशलाई नै घाटा भइरहेको छ, त्यसैले हामीले सरकारलाई सकारात्मक दबाब स्वरुप यो बिषयबस्तु भद्रगोलमा उठाएका हौं ।’, कट्टेलले हिमालय टाइम्ससँग कुरागर्दै भने । साथै उनले सरकारले यो बिषयमा अहिलेनै सोच्नुपर्ने बेला आएको बताए । ‘सरकाले अहिले नै स्डेडियम बनाउन थाल्ने हो भने पनि चारपाँच बर्ष लाग्छ होला, अझै ढिलो गरिरहेको छ भने कहिले बन्छ होला ? यो बिषयमा हामी सबै नेपालीले सोच्नुपर्छ ।’, उनले थपे । ‘भद्रगोल’ मा पाँडे, जिग्रीसँगै सागर लम्सार (बले), हरिश निरौला (कक्रोज), कमलमणी नेपाल (खुपिका बाऊ), दीपक आचार्य (बांगे बा), मधुसुदन पाठक, रक्षा श्रेष्ठ, गोबिन्द कोइराला (जयन्ते) लगायतको भूमिका मन पराइएको पाइन्छ । मिडियो हवको प्रस्तुतीमा निर्माण हुने भद्रगोल नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार राती पौने ९ बजे प्रसारण हुँदै आएको छ ।

video: