चैत, काठमाडौं ।

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को औपचारिक ट्रेलर सार्वजनिक गरिएको छ । तीन अभिनेत्री केकीसँगै, प्रियंका कार्की र ऋचा शर्माको मूख्य भूमिका रहेको यो चलचित्रको ट्रेलर हेर्दा कमेडी पाटोलाई बढी देखाइएको छ । ट्रेलरमा कमेडी संवादहरु ‘फोकस’ भएको देखिन्छ । ट्रेलरमा पैसाका लागि पात्रबीचको तनाब देखाइएको छ । विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको यो चलचित्र विशाल भण्डारीले निर्देशन गरेका हुन् भने कथा पनि उनी स्वयमले लेखेका हुन् । बुधबार राजधानीमा आयोजीत ट्रेलर सार्वजनिक कार्यक्रममा तीनै अभिनेत्रीले चलचित्रको बिषयमा बोले ।

केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको यो चलचत्रिमा अभिनेत्री ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउ नक्कल गर्न खोजेको बताइन् । चलचित्रमा मोडल तिर्सना बुढाथोकी बन्न खोज्नुभएको हो भन्ने सञ्चारकर्मिको प्रश्नमा ऋचा भन्छिन्– ‘तिर्सना बुढाथोकी बनेको होइन । तर, दुई दिन मैले उहाँको भिडियो चाहीँ हेरेकी थिएँ । धेरथोर उहाँको हाउभाउबाट प्रभावित पात्र चाहीँ हो ।’ उनी चलचित्रमा बार गर्लको रुपमा प्रस्तुत भएकी छिन् ।

यस्तै कार्यक्रममा निर्देशक भण्डारीले १ घण्टा ५५ मिनेट दर्शकलाई मनोरञ्जन दिएर हलमै बाँधेर राख्ने ठोकुवा गरे । उता पहिलो पटक निर्मात्री बनेकी केकीले ‘कोहलपुर एक्सप्रेस’ गर्दाको अनुभव सुनाइन् । उनले भनिन्, ‘म करीब एक दशकदेखि यही क्षेत्रमा छु । त्यसैले गाह्रो हुँदैन होला जस्तो लागेको थियो । तर निर्मात्री बन्न निकै गाह्रो हुँदो रहेछ । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । चलचित्रका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । चलचित्र आउँदो बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Trailer :