चैत, काठमाडौं ।

चलचित्र ‘कृ’ का निर्माता सुवास गिरी र निर्देशक शम्भु प्रधानबिच मिलापत्र भएसँगै निर्मात ागिरी हिरासत मुक्त भएका छन् । ‘कृ’ मा समावेश ‘उकालीमा अघिअघि’ बोलको गीत चोरीको आरोपमा उनलाई मंगलवार साँझ अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको थियो ।

२०४० सालमा प्रदर्शनमा आएको अभिनेता भुवन केसी अभिनीत तथा शम्भु प्रधान निर्मित निर्देशीत चलचित्र‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती फिल्म ‘कृ’ मा राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा निर्देशक प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए । तर, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेका कारण प्रहरीले उनलाई मंगलवार साँझ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । प्रहरीले निर्माताको सेयरमा अभिनेता भुवक केसीको नाम आएमा उनलाई पनि अनुसन्धानका लागी बोलाउने बताएको थियो ।

बुधवार दिउँसो प्रहरी परिसर, टेकुमा शम्भु र निर्माता गिरीबिच ११ लाखमा मिलापत्र भएको छ । अब निर्माता गिरीले प्रधानलाई क्षतीपूर्ती स्वरुप उक्त रकम दिनु पर्नेछ । मिलापत्रमा ‘कृ’ युट्युबमा आउँदा ‘उकालीमा अघिअघि’ वाक्य काट्नु पर्नेछ । विदेश प्रदर्शनमा भने गीत यथावत नै रहनेछ युट्युबमा ओरिजिनल म्यूजिकमा रञ्जित गजमेरलाई क्रेडिट दिइएको छ भने, रिमेक म्यूजिकमा अल्मोडा राना उप्रेतीको नाम छ । यसैगरी रिमेक लिरिक्समा अल्मोडा र सविन एकतारेको नाम रहेको छ । । ‘कृ’ मा रहेको ‘धेरै पछि सम्झना, आँखा छोपी बसन’ बोलको गीतमा ‘उकालीमा अघिअघि’ को टुक्रा पुरानै धुनमा समावेश गरिएको छ ।

video interview: