चैत, मुम्बई (एजेन्सी) ।

बलिउडस्टार सलमान खान धरौटीमा रिहा भएका छन् । कालो हरिण शिकारको मुद्धामा उनलाई बिहीवार जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो । बिहीवारदेखि सलमान जोधपुर सेन्ट्रल जेलमा बन्द थिए । शनिवार सेशन्स कोर्टले दुई वटा कालो हरिण मारेको हुनाले खानलाई २५÷२५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ ।

सरकारी वकील भवानी सिंह भाटले सलमानको जमानतको विरोध गरेका थिए । उनले भनेका थिए, ‘यो सजाय निलम्बनको मुद्धा हो, कुनै नियमित जमानतको मुद्धा होइन ।’

सलमानका वकीलले कोर्टमा भने, ‘यो २० वर्षमा सलमानले सधै कोर्टको सम्मान गरेका छन् । यो २० वर्षमा कहिले पनि उनले बेल जम्प गरेनन् र सधै सुनवाईको क्रममा कोर्टमा उपस्थित रहे । उनले जाँचमा पनि पूरा–पूरा सहयोग गरेका छन् ।’ वकील महेश बोराले भने, ‘सलमान निर्दोष छन्, उनलाई झुटो केसमा फसाइएको छ ।’ जमानतपछि बोराले आफूहरुलाई इन्साफ मिलेको बताए । करीब ५ बजेर ४० मिनेट जाँदा सम्पूर्ण औपचारिक प्रक्रिया पूरा गरेर सलमान जेलबाट बाहिर निस्किए ।