‘भारत’मा सलमानसँग प्रियंकाको रोमान्स

बैशाख, मुम्बई (एजेन्सी) ।

भर्खरमात्र सलमान खानले लामो सास फेरेका छन् । कालो हरिणको मुद्धाबाट बाहिर निस्किएसँगै उनले बिदेश तथा सुटिङमा जाने अनुमति पाएका छन् । उनको चलचित्र ‘भारत’को यतिबेला छायांकन भइरहेको छ । चलचित्रका निर्देशक अली अब्बास जफरले ट्वीट गर्दै चलचित्रको छायांकन शुरु भइसकेको जानकारी दिएका थिए ।

चलचित्र ‘भारत’मा सलमान खानको साथमा प्रियंका चोपड़ा को रोमान्स देखिने छ । नायिका प्रियंकाले करीब दुई बर्षपछि बलिउड चलचित्र साइन गरेकी हुन् र उनि छिट्टै नै छायांकनका लागी बिदेश प्रस्थान गर्ने बताइएको छ ।  प्रियंकाले दश बर्षपछि फेरी सलमान खानको साथमा चलचित्र ‘भारत’मा स्क्रीन शेयर गर्नै भएकी छिन् । ‘भारत’ सलमान खानको महंगो चलचित्र मध्ये एक हो । यस चलचित्रको लागी करीब १ सय ८० करोड बजेट राखिएको छ । चलचित्र भारत दक्षिण कोरियाको चलचित्र  ‘ओड टू माई फादर’ को काहानिमा आधारित छ । सलमानको यो चलचित्रमा पनि एक्शन भरिपुर्ण हुनेछ । अतुल अग्निहोत्री चलचित्रको निर्माता हुन् ।

यसअघि प्रियंका र सलमानले ‘मुझसे शादी करोगे’, ‘सलाम’ ‘ए–इश्क’, ‘गाँड’, ‘तुस्सी ग्रेट हो’ लगायतका सफल चलचित्रमा सँगै काम गरिसकेका छन् ।