तेस्रो साकुरा नाइट हुँने

बैशाख, काठमाडौं ।

यसवर्ष पनि साकुरा नाइटको आयोजना हुने भएको छ । जापनिजहरुको मुख्य पर्व गोल्डेन विकलाई लक्षित गर्दै यस नाइटको तेस्रो शृंखला ‘साकुरा नाइट ३’ मेबाट प्रारम्भ हुने आयोजकले जनाएको छ । कार्यक्रम सुर्य कर्पोरेसनले आयोजना गर्न लागेको हो ।

कार्यक्रमलाई अघिल्ला शृंखला भन्दा विशेष बनाउने तयारी भईरहेको कर्पोरेसनका ब्राण्ड एम्बेसडर नरेश भट्टराईले बताए । सञ्चारकर्मी भट्टराईले कार्यक्रमलाई त्यहि अनुरुप तयार परेको बताए ।

‘अघिल्ला शृंखलाबाट हामीलाई यस पटक अझै परिपक्क बनाएको छ’ सञ्चारकर्मी भट्टराई भन्छन् ‘यसपटक जापानमा बस्ने नेपालीहरुको लागि गोल्डेन विक हामी विशेष बनाउने छौ ।’ कार्यक्रममा गायक हेमन्त शर्मा, कमल खत्रि, मिलन लामा, मिलन अमात्य र कमेडियन सन्दिप क्षत्रीले आफ्नो प्रस्तुति दिनेछन । साथै कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानव सेवा आश्रमलाई सहयोग गरिने कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिएका छन् ।

‘हामीले कार्यक्रमलाई मनोरंजनको रुपमा मात्र लिएका छैनौ’ डाइरेक्टर अधिकारी भन्छन् ‘हामीले सामाजिक दायित्व पनि निर्वाह गर्ने कोसिस गर्दै छौ । ‘अघिल्लो वर्षको साकुरा नाइट २ मार्फत आश्रमलाई १ लाख ११ हजार १११ सहयोग गरिएको थियो । कार्यक्रम मे ३ मा टोक्यो बाट सुरु हुनेछ । मे ४ मा नागोया र मे ५ मा ओशाकामा हुनेछ ।