वैशाख, काठमाडौं ।

चलचित्र ‘वन्ठे’ की नायिका परी शाक्य ‘स्वस्थ जिवन’ नामक एक चेतनामुलक सडक नाटकको एक बालिकाको भुमिकामा देखिएकी छिन् । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट पाटन हस्पिटलले एजुकेश्नल थिएटर ईन नेपाल संगको सहकार्यमा स्वस्थ जीवन नामक स्वास्थ्यसँग सम्बन्धित सडक नाटक देखाएको छ ।

वैशाख १० गते देखी ललितपुर जिल्ला भित्रका निम्न प्राथमिक तहका छात्र, छात्रा लक्षितगर्दै नाटक प्रर्दशन गरीदै आएको छ । उक्त नाटकमा बलबालीकाहरुलाई कसरी स्वस्थ जीवन जिउने भन्ने कुरालाई नाटकीय शैलीमा रमाइलो वातावरणमा बालबालीका माझ प्रदर्शन भैरहेकोे छ । नाटकमा बलबालिकाहरुलाई बिहान र बेलुका दाँत माझ्नु पर्ने र खानाखानु भन्दा अगाडी र शौचालय गएर आएपछी राम्रोसँग साबुन पानीले हातधुनु पर्छ भन्ने जस्ता चेतनामुलक सन्देश नाटकबाट प्रस्तुत गरिएको छ । नायिका परी शाक्यको अलवा सुनैना पन्थि, आई.पी आचार्य, मनोज तामाङ्ग सपना खत्रि र प्रतिक दुलाल लगाएतको अभिनय रहेको छ । लेखन तथा निर्देशन केवल भुजेलको रहेको छ । नाटकको सम्योजन भने सुमिता शाक्यले ले गरेका हुन् ।