वैशाख, मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री दिपिका पादुकोणले गर्दन पछाडिको ट्याटुले अहिले भारतीय सामाजिक सञ्जालमा चर्चा बटुलेको छ । अहिले रणवीर सिंहसँग प्रेममा रहेकी दिपिका यो भन्दा अघि रणवीर कपुरसँग प्रेममा थिइन् । कपुरसँगको प्रेमका बेला उनले ट्याट् खोपाएकी थिइन् जुन अहिलेसम्म उनको गर्दनमा छ ।

हालै उनले जिममा एक्सरसाइज गरिरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट हुँदा यो बिषयले भाइरलको रुप लिएको हो । ट्याटुमा अंग्रेजी अक्षरमा आर.के. लेखिएको छ । अर्थात, रणवीर कपुरको संक्षिप्त रुप ।

दिपिकाको रणवीर कपुरसित ब्रेक अप भएको लामो समय भइसक्यो । तर, उनले यो ट्याटु हटाउने कष्ट गरिनन् । अहिले उनी अर्का रणवीर सिंहसँग प्रेममा छिन् । तैपनि उनले ट्याटु मेटाएकी छैनन् । यसबाट रणवीर कपुरपछि उनको मनको कुनामा अझै कुनै स्थान छ कि भन्ने अड्कल काट्न सकिन्छ । तर, आफ्नी प्रेमिकाको गर्दनमा अर्कै व्यक्तिको नामको ट्याटु रणवीरले कसरी सहेका छन् भनेर फ्यानहरुले प्रश्न उठाइरहेका छन् ।