निर्माताले रिक्स मोलेको फिल्म ‘डमरुको डण्डीबियो’: झरना थापा

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

गएको शुक्रबार बाट प्रदर्शनरत चलचित्र ‘डमरुको डण्डीबियो’ले दर्शको राम्रै पाइरहेको छ । शुक्रबार र शनिबारको बिहानी शो हेर्नेहो भने औषत ब्यापार गरेको  छ । यसैबिच शुक्रबारको बिहानी शो मा चलचित्र टिमले चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुलाई बिशेष शो गरेको थियो जसमा उपस्थित धेरैले फरक स्वादको चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएका थिए । चलचित्र नेपालमा लोपहुँदै गएको खेल ‘डण्डीबियो’को कथामा आधारीत छ ।

यसैबिच चलचित्र हेरिसकेपछि नायिका झरना थापाले ‘डमरुको डण्डीबियो’का निर्माताले जोखिम मोलेर चलचित्र निर्माण गरेको प्रतिक्रिया दिइन् । पछिल्लो समय नेपालमा चलचित्र निर्माताहरु ब्यवसाहिक चलचित्रमा बढी जोडदिइरहेको बेला एक खेलको कथालाई मात्र उठाएर चलचित्र निर्माण गर्नु जोखिम मोल्नु उनेको भनाई थियो । ‘जो पाए त्यहि निर्माताले यस्तो आँट गर्दैनन्, यो चलचित्रको निर्माताले आँट गर्नुभयो’, झरनाले भनिन् । यस्तै उनले डण्डीबियो खेललाई सरकारले राष्ट्रिय खेलबाट हटाएको सुन्दा दुख लागेको र राष्ट्रिय खेलमा डण्डीबियो नै हुनुपर्ने माग राखिन् ।

यस्तै निर्माता सुनिल कुमार थापाले पनि पछिल्लो समय नाफा कमाउ अभियानमा लागेका निर्माताहरु भन्दा यो चलचित्रका निर्माताले देशको मौलिक खेल बचाउ अभियान लागेको भन्दै खुसी ब्यक्त गरे ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको  ‘डमरुको डण्डीबियो’ छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रको कथा मुख्य कलाकार खगेन्द्र लामिछाने आफैंले लेखेका हुन् । चलचत्रिमा अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय छ ।