जेठ, काठमाडौं ।

यहि जेठ २५ गतेबाट प्रदर्शजमा आउने तयारीमा रहेको चलचित्र ‘चङ्गा’को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि ‘कम्पनी माला’ बोलको गीत सार्वजनिक गरिसकेको निर्माण टिमले सोमबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजकिन गरेको हो । हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब)ले निर्देशन गरेको ‘चङ्गा’ हाँस्य शैलीमा निर्माण गरिएको छ । ट्रेलरमा कमेडीसँगै रोधनका केहि दृश्यपनि देख्न सकिन्छ ।

पैसा अभावका कारण पात्रहरुको चौपट दैनिकीलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । कलाकार अंकित खड्का र लक्ष्मी वर्देवाको प्रेममा परिवार बाधक देखिएको छ भने एक सहकारीको अध्यक्षमा निर्वा्चित भएका वुद्दि तामाङ पैसाको चक्करमा देखिन्छन् । चलचित्रमा वुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् ।

कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले चलचित्र टेलिफिल्म नभएर ठुलो पर्दाको फिल्म नै भएको बताए । आफु टेलिफिल्म निर्माण गर्दै आएको भएपनि बर्षौसम्मको अनुभव चलचित्रमा लगाएको बताए । साथै उनले चलचित्र वास्तविक कथामा निर्माण भएको खुलाए । साथै उनले सार्वजनिक ट्रेलरमा अपहरणको दृश्य जस्तो देखिए पनि चलचित्रमा अपहरणको कथा नभएको खुलाए । उनले एक बालक बिद्यालयको शौचालयमा थुनिएको भन्दै चलचित्रको थोरै कथा बताएका थिए । ‘धेरै चलचित्रहरुमा अपहरणको कथा देखाइन्छ, यसैले ट्रेलर हेरिसकेपछि धेरैले अपहरण कै कथा रहेछ भन्नुहुन्छ भनेर वास्तविक कुरा खुलाएको हु, चलचित्रमा अपहरणको कथा छैन’, निर्देशक भण्डारीले भने ।

कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना हुन् । रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ ।