‘हैरान’मा सागरको तारिफ

जेठ, काठमाडौं ।

गएको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘हैरान’बाट कलाकार सागर लम्सालले तारिफ पाइरहेका छन् । बिशेषगरी चलचित्रकर्मिहरुबाट उनले सकारात्मक प्रतिक्रिया बटुलिरहेका छन् । सानोपर्दामा सधैं हँसाउँदै आएका सागरले चलचित्रमा रुवाएको भन्ने प्रतिक्रिया धेरै सुनिन्थ्यो । ‘मैले चलचित्रको मेरो भूमिकाको न्याय मात्र गरेको हुँ, धेरैले रुवायो भन्नुभयो, त्यो नै मेरो लागी खुसीको कुरा हो ।’, सागरले भने ।

सोमबार काठमाण्डौको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना गरिएको बिशेष शोमा पनि अन्य चलचित्रकर्मिहरुले उनीसँगै अन्य कलाकारहरुको पनि कामको मुल्यांकन गर्दै प्रतिक्रिया दिइएको थियो  ।

चलचित्रका निर्देशक सौगात बिष्को कामलाई धेरैले प्रसंसा गरे । बिष्टले सानैउमेरमा यतिठुलो कामगरेको भन्दै सबैले धन्यवादका साथै शुभकामनाका शब्द दिइरहेका थिए । ८ बर्षको उमेर देखी चलचित्र निर्देशनमा लागेका बिष्टको यो दोस्रो चलचित्र हो । उनले यो भन्दा अघि ‘लभ यु बाबा’ नामक चलचित्र निर्देशन गरेका थिए । अहिले ‘हैरान’ चलचित्रले कमेडी शैलीमा देशको राजनीतिक अवस्था, सामाजिक घटनाहरुलाई उठान गरेको छ ।

सोमबारको बिशेष शो हेर्नका लागी चलचित्र भित्रका कलाकारसँगै हाँस्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ पनि पुगेका थिए । यस्तै नायक रमेश उप्रेती, सरोज खनाल, निर्मल शर्मा पनि हलमा पुगेका थिए । चलचित्रका मुख्य कलाकार सत्यराज आचार्य, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मालाई चलचित्र हेरिसकेपछि चलचित्रकर्मिहरुले बधाई दिए ।

यस्तै कलाकार सरोज खनालले पनि चलचित्रबाट राम्रो प्रतिक्रिया पाएको बताए । कलाकार गजित बिष्ट पनि दर्शकको प्रतिक्रियाबाट निकै उत्साहित रहेको बताए । निर्देशक बिष्टले आफ्नो कामलाई हेरेर प्रतिक्रिया र तारिफ गर्ने सबैलाई धन्यवाद दिए । उनले धेरैबाट राम्रो काम भन्दै प्रसंसा पाएको बताए ।