सकियो ‘अश्वेत’

जेठ, काठमाडौं ।

यहि जेठ ८ गतेबाट मञ्चन भइरहेको नाटक ‘अश्वेत’ सकिएको छ । अन्तिम मञ्चन १९ गते भनिएपनि दुईदिन थप गरिएसँगै २१ गते सम्पन्न गरिएको हो । साँस्कृतिक संस्थानसँगको सहकार्यमा सद्भाव थिएटरको प्रस्तुतीमा रहेको ‘अश्वेत’ राम के.ए.सी.ले लेखन तथा निर्देशन गरेका हुन् भने सुशिला लक्ष्मी महर्जनको सह–निर्देशन रहेको थियो ।

नाटकमा नारी चरित्रलाई केन्द्रमा राखेर कथा तयार पारिएको थियो । मञ्चमा शिवप्रसाद अधिकारी, अमृता खनाल, प्रदिप बास्तोला, एलिजा अधिकारी, शिक्षा के.सी., दिलिप खड्का, तिर्सना राई, किरण चापागाईं र बिज्ञान गजुरेलले अभिनय गरेका थिए भने नेपथ्यबाट २० बढीको सहयोग रहेको थियो ।

राष्ट्रिय नाँचघर जमलमा मञ्चन भएको यस नाटकमा छाउपडी, बोक्सी, प्रेममा धोका, सन्तान गुमाउँदाको पीडाजस्ता विषयलाई उठाइएको थियो । सन्तान गुमाएकी युवती ‘क्रान्ति गर्छु’ भन्दै अघि बढ्छिन् । समग्रमा नाटकले नारी समुदायको अँध्यारो पक्षलाई मात्रै उठाएको छ । पुरुष र महिला बीचको मतभेद सन्दर्भमा देखापर्ने माधवी पात्र भने केही बोल्ड लाग्छिन् तर यसलाई दृश्य भाषाभन्दा पनि संवादबाट मात्रै प्रस्तुत गरिएको छ ।