ट्रेलरमा आर्यन र साम्राज्ञीको ‘कायरा’ (भिडियो)

असार, काठमाडौँ  ।

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र “कायरा” को ट्रेलर सार्वजनिक गएिको छ । । आर्इतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी मिडिया माझ देखाएको ट्रेलर निर्माण टिमले सोमबार युट्युवमा सार्वजनिक गरेको हो ।'कायरा' बाट पहिलो पटक
आर्यन र साम्राज्ञीको जोडी स्क्रिनमा देखिन लागेका कारण यस चलचित्रप्रति दर्शकको निकै चासो रहेको छ ।  ट्रेलरमा आर्यन र साम्राज्ञीको मायाप्रेम, रोमान्स र सस्पेन्स पनि देख्न सकिन्छ । प्राय दृश्यमा साम्राज्ञीलाई बोल्ड लुक्समा फिचर गरिएको छ । 'कायरा' म्यूजिकल लभस्टोरी कथामा निर्माण भएको आर्यनले बताए ।

लक्ष्मण रिजाल निर्देशित चलचित्र अभिनेता आर्यनले नै निर्माण गरेका छन् भने राजकुमार भट्ट कार्यकारी निर्मातामा छन् र दिनेश थापा र दिवस पराजुली सह – निर्मातामा छन् ।  आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रको पटकथा तथा संवाद केदार भुषालको छ । चलचित्रमा संगीत कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको छ भने कोरियोग्राफी प्रविण सिंहले गरेका छन् । शिवराम श्रेष्ठले खिचेको चलचित्रमा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिशा श्रेष्ठ मुख्य भुमिकामा छन् ।

चलचित्रको प्रर्दशन मिति साउन १८ लाई तोकिएको छ ।

(भिडियो)