स्टेजमा सरिताका पुरानै गीतको माग

असार, काठमाडौं ।

पछिल्लो समय बजारमा आउने गीतहरु दुईचार दिनमै हराएर जाने गरेका छन् । सिजन अनुसारका गीत बजारमा आउने भएकाले पनि दर्शकले समयाअवधिमा पनि गीत सुन्ने तथा हेर्ने गरेका छन् । तर दशक अगाडीका गीतहरु अझैपनि ठाउँठाउँमा गुञ्जिने गरेको पाइन्छ । त्यो समयका गायक तथा गायिकाहरु अहिले पनि तिनै गीत गाउँन कै लागी बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त छन् ।

बि.स. २०६७ सालबाट नेपाली गीतसंगीतमा पहिलो गीत गाएर प्रवेश गरेकी गायिका सरिता प्रजापतिका गीतहरुपनि सदाबहार गीतमा पर्छन् । पुराना भएपनि दर्शकले सुनिरहने प्रकृतिका गीत भएकाले उनी अहिलेपनि देश भित्रका बिभिन्न स्टेजमा चढिरहन्छिन् । उनले अहिलेसम्म नेपालका निकै बिकट जिल्ला बाहेक सबैजसो जिल्लाहरुमा पुगिसकेकी छिन् ।

आठबर्ष अघि ‘ठ्याक्कै मन मिलेको साइत जुरेको’ बोलको गीत गाएर उनले नेपाली गीतसंगीतको क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले अहिलेसम्म जम्मा ५० वटा गीत गाएकी छिन् जसमध्ये अधिकांश गीत दर्शकले रुचाएका छन्  । उनका ‘हेर्दा हेर्दै जवानीले छोएछ’, ‘ढाका टोपी क्या राम्रो सुहाएछ’ लगायतका गीत धेरै सुन्छिन् । पछिल्लो केहिबर्ष यता उनले सिजन अनुसारका गीत पनि गाउँन थालेकी छिन् । २०७१ सालबाट उनले तीज पर्व बिशेष गीतहरु पनि गाउन थालेकी छिन् । उनको गएको बर्षको ‘आइ लभ यु’ बोलको तीज गीत दर्शक तथा स्रोताले निकै रुचाएका थिए ।

पप्, आधुनिक, लोक पप् गरी सबैजसो गीत गाउने सरिताले बढी पप् गीत गाउँन रुचाउँछिन् । आफ्नो स्वर गीत बिधातर्फ लम्किएको छ त्यो बिधाको गीत गाउनुपर्छ भन्ने मान्यतामा आफु रहेको सरिताको भनाई छ ।

सरिताले पछिल्लो समय गीतहरु कम गाउँदै गएकी छिन् । महिनामै सयौं गीत बजारमा आएको देख्दा सरिता अचम्म पर्छिन् । ‘कुनै समय एक गीत निकाल्न महिनौं लाग्थ्यो, कतिले बर्षदिन लगाएर पनि निकाल्थे तर अहिलेको समयमा दुई दिनमै पनि गीत तयार हुन्छन्, अचम्म लाग्छ’, सरिताले भनिन् । गीत संगीतको बिषयमा ज्ञान नभएकाहरुले भटाभट गीत निकाल्दा बजारनै बिग्रन लागेको उनको भनाई छ । उनले अहिलेको प्रविधिसँग घुलमिल हुनसकेमात्र गीतहरु हिट हुने बताइन् । ‘अहिले प्रविधिले धेरै फड्को मारिसकेको छ, यदि समयअनुसार चल्न सकिएन पनि गीत हिट हुँदैनन्’, उनले भनिन् । उनले पछिल्लो समय युट्युव तथा इन्टरनेट साइटहरुबाट गीतहरु बढि हेरिने भएकाले नै गीतका क्यासेटको चलन बन्द भएको बताइन् ।